Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बलिउडका करोड बढी लगानीमा बनेका ७ महँगा गीतहरु( भिडियोसहित )

एजेन्सी, बलिउडमा प्रत्येक हप्ता नयाँ गीत सार्वजनिक हुने गरेका छन्। कुनैले वाहवाही पाउने गरेका छन भने कुनैले दर्शकश्रोताको छ्याछ्या पनि खेप्ने गरेका छन्। यस्तो कलाकारमा पनि हुने गरेको छ।
तर बलिउडमा सबैभन्दा महँगो गीतहरु जसले करोड रुपैयाको लगानी पुर्‍याइदिएको छ। एउटा गीत बन्न कलाकारले धेरै दिन अभ्यास गर्ने गर्दछन्। जसको लागि कोरियोग्राफर, ब्याग्राण्ड डान्सर, ट्रेनर्स, कम्पोजर्स, साउण्ड, प्लेब्याक सिंगर, क्यामरा पर्सनको टीम मिलेर बनाउँदा पक्कै पनि महँगो पर्न आएको बलिउडको यी ६ महँगा गीतले प्रमाणित गरिदिएको छ।लगानीकर्ताले एउटा गीतमा करोड खर्च गरेका केही गीतहरु।
.गीत: पार्टी अल नाइट
फिल्म: बोस (२०१३)
लागत: ६ करोड
अक्षयकुमार नायक रहेको यो गीतमा बलिउडको अहिलेसम्मकै महँगो गीतमध्येमा पर्दछ। यो यो हनी सिंहको यो पार्टी नम्बरमा अक्षय कुमार तथा सोनाक्षी सिन्हाले दमदार डान्स गरेका छन्।
तपाईलाई थाहा हवला की लभगभ ४ मिनेटको यो गीतलाई सुटिङ गर्न ६ करोड भारु खर्च लागेको थियो। बैंककमा सुटिङ गरिएको यो गीतमा ६ सय ब्याग्राउण्ड डान्सरहरुले पर्फम गरेका छन्।
२.गीत: मलंग
फिल्म: धूम ३ (२०१३)
लागत: ५ करोड भारु
आमिर खान तथा कैट्रिना कैफ स्टार फिल्‍म धुम ३ दर्शकले धेरै रुचाएको फिल्म हो। फिल्मले बलिउड बक्स अफिसमा शानदार कमाइ गरेको थियो। फिल्मको गीत मलंगको लागत ५ करोड भारु खर्च भएको थियो।
गीतको लागि मात्रै २ सय जिम्यानस्टिकलाई २० दिनसम्म मुब्बइमा विशेष प्रकारको तालिम गराइएको थियो। पछि फेरी शुटिङको लागि सबैजना अमेरिका गएका थिए। अमेरिकामा पनि यसको लागि विशेष प्रकारको डिजाइन तयार गरियो। करोडौ खर्च भएपछि पनि गीत बन्न भने धेरै समय लागेको थियो।
३.गीत: ठा करके
फिल्म: गोलमाल रिटर्न्स (२००८)
लागत: ३.५ करोड भारु
हालै दिएको एक अन्तरवार्ताा निर्देशक रोहित शेट्टीले आफ्नो फिल्म ‘गोलमाल रिटर्न्स’ बकवास भनेका छन्। तर तपाईलाई यसको लागत सुनेर तपाई चकित पर्नुहुन्छ। यो फिल्मको गीत ‘ठा करके’ को सुटिङका लागि मात्रै ३.५ करोड भारु खर्च भएको थियो।
तर यो गीतमा १ हजार डान्सरको साथमा १ सय ८० फाइटर्सले काम गरेका थिए। उक्त दौडानमा १० सबैभन्दा महँगो कार गीतमा प्रयोग गरिएको थियो।यतिमात्रै नभइ करीब साढे चार मिनेटको यो गीतको लागि स्टार्सले लगातार १२ दिनसम्म सुटिङ गरेका थिए।
४.गीतको नाम: सेटरडे सेटरडे
लागत: ३ करोड भारु
फिल्म: हम्पटी शर्मा की दुल्हनिया
आलिया भट्ट तथा वरुण धवनको यो पेपी नम्बरको कजेट ३ करोड रहेको छ। निर्माता करण जोहरको फिल्म ‘हम्पटी शर्मा की दुल्हनिया’को यो गीतको सुटिङ फिल्मसिटीमा भएको थियो।
भव्य तथा महँगो सेट्सकी साढे तीन मिनेटको यो गीत बनाउन ३ करोड खर्च भएको थियो।
५.गीत: जलेबी बाई
फिल्म: डबल धमाल (२०११)
लागत: १.६ करोड भारु
मल्लिका शेरावतको तडकभडकले भरिपूर्ण यो गीतको सुटिङकम १.५ करोड खर्च भएको थियो। त्यसो त यो फिल्मको पुरै सुटिङ गोवामा गरिएको थियो।
तर यो आइटम नम्बरको लागि मुम्बइको महबूब स्टूडियोमा विशेष सेटअप बनाइएको थियो। दर्शकको बीचमा ‘जलेबी बाई’ले
निक्कै नै वाहवाही पाएको थियो।
६.गीत: राधा नाचेगी
फिल्म: तेवर (२०१४) 
लागत: २.५ करोड़ भारु
निर्माता बोनी कपुरको फिल्म ‘तेबर’को गाना राधा नाचेगीको लागि २.५ करोड भारु खर्च गर्नु भएको थियो।तपाईलाई यो कुरा सुनेर अचम्म लाग्छ की मात्र सोनाक्षीको ड्रेसको लागि ७० लाख भारु लाख थियो।
भव्य सेट तथा १ सय भन्दा बढी ब्याग्राउण्ड डान्सरको साथमा यो गीतको सुटिङ गरिएको थियो। तर बलिउड बक्स अफिसको रेकर्डमा भने यसले तहल्का मचाउन सकेन।
७.गीत: पियाको बजार
फिल्म: हमशक्ल्स (२०१४)
लागत: २ करोड़ भारु
‘हमशक्ल्स’ बलिउडको सुपरस्टार फ्लप फिल्ममध्ये एक मानिन्छ। तर यसको लागत सुनेर तपाई आफै छक्क पर्नुहुन्छ। किनकी यसको निर्देशक साजिद खानले साढे तीन मिनेटको गीत ‘पिया के बाजार’को लागि २ करोड भारु खर्च गरेका थिए।
भव्य तथा महँगो सेटमा सजाइएको यो गीतको सुरुवातमा ५ हजार ब्याग्राउण्ड डान्सर्सले साथ दिएका थिए।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget