Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चितवन पर्यटन बिस्तारगर्न सरोकारवालाहरुको जोड



भरतपुर, ४ पौष । नवलपरासी र मकवानपुरका भुभागहरुलाई समेट्दै चितवनको पर्यटकीय क्षेत्रलाई विस्तार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज भरतपुरमा आयोजना गरिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको पर्यटन मस्यौदा योजना प्रस्तुती एवम् परामर्श गोष्ठीका सहभागीहरुले सौराहा केन्द्रित पर्यटन व्यवसाय लामो समयसम्म टिक्न नसक्ने बताएका हुन् । हाल चितवन राष्ट्रिय निकुञ्ज र सौराहा केन्द्रित गरि पर्यटकीय गन्तव्य निर्माण गरिएको भएपनि यसले लामो समयसम्म पर्यटकलाई चितवनमा तान्न नसक्ने पर्यटनविद् विश्व सुवेदीको भनाइ थियो ।
चितवन राष्ट्रिय निकुञ्जको आयोजनामा गरिएको परामर्श गोष्ठीमा सुवेदीले पर्साको निर्मलबस्ती, नवलपरासीको नवलपुर क्षेत्र र मकवारको हेटौँडादेखि पश्चिमी क्षेत्र समेट्दै पर्यटकीय प्याकेज ल्याउनुपर्ने बताउनुभयो । जङ्गल सफारीमा मात्र चितवनको पर्यटन व्यवसाय केन्द्रीत भएकोले आगामी दिनमा पर्यटकीय क्रियाकलापमा वृद्धि गर्न मानव निर्मित आकर्षणसहित, जल क्रिडा, हात्ती सफारीलाई समेत बढावा दिनुपर्ने सुवेदीको भनाइ थियो ।

कार्यक्रममा अर्का पर्यटनविद् रामचन्द्र सेढाईँले नेपालको वार्षिक पर्यटक वृद्धिदर करिब साढे चार प्रतिशत भएपनि चितवनमा १० प्रतिशत भन्दा बढी पर्यटन वृद्धि हुने गरेको बताउनुभयो । चितवन घुम्न आउने पर्यटक मध्ये आन्तरिक पर्यटक २० प्रतिशत, सार्क राष्ट्रका आठ प्रतिशत र विदेशी पर्यटक ७२ प्रतिशत रहेको समेत सेढाईँले जानकारी दिनुभयो । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget