कार्तिक २८, २०७३- युरोपियन देश फिनल्याण्डको राजधानी हेलसिंकीको बाटो अहिले नयाँ प्रकारको बसको परिक्षण गरिँदै छ । त्यहाँको चिल्लो सडकमा गुडिरहेको सेतो मझौलो खालको उक्त बस निकै सुस्त गतिमा दौड्न्छ । सुस्त गतिमा गुडिरहेको बसको छेवैबाट एउटा भ्यानले ओभरटेक गरेपछि उक्त बस रोकिन्छ र फेरी आफ्नो गतिमा बिस्तारै अगाडि बढ्छ ।
रमाइलो कुरा त न यो बसमा कुनै ब्रेक छ न एक्सिलेटर पेडल नै । यसमा स्टेरिङ पनि छैन र ड्राइभर पनि । यो बस त्यसमा जडित सेन्सर र सफ्टवेयरको मद्दतबाट आफैं सञ्चालित हुन्छ । तर, हाल यसका परिक्षण भइरहेकाले आपतकालिन अवस्थाका लागि बसमा एकजना अप्रेटर रातो ‘स्टप’ स्विच थिच्नका लागि भने बसेका छन् ।
अमेरिकाको पिट्सबर्गमा ड्राइभर रहित उबर ट्याक्सीको ट्रायल भइरहेको बेला यो बसले भने सार्वजनिक यातायातको क्षेत्रमा नयाँ आयाम थप्ने काम गरेको छ ।

ड्राइभर रहित कारमा एकपटकमा केही व्यक्ति मात्रै सवार हुन्छन् भने यहाँ रुट अनुसार थुप्रै मानिस एकपटक बोकेर यात्रा गराउने प्रयास भइरहेको छ । जसले साना गाडीहरुको संख्यामा नै कमि ल्याउन सक्छ । ड्राइभर रहित बसको संचालनले सहरको ट्राफिक जाम त कम गर्न मद्दत गर्छ नै सँगै धेरै साना गाडीबाट उत्सर्जन हुने कार्बनमा पनि कमि ल्याउँछ ।
हेलसिंकी ड्राइभर रहित बस चलाउने पहिलो सहर हो । यो बस युरोपभरका विभिन्न विश्वविद्यालयको सहकार्य तथा सरकारहरुको लगानीमा संचालन गरिएको हो । दुई वर्षको यो परियोजना संचालनका लागि १२ लाख डलर खर्च गरिएको छ ।
हाललाई यो ड्राइभररहित बस निजी प्रयोजनका लागि मात्र संचालन गरिएको छ । विद्यार्थी तथा शिक्षकहरुलाई क्याम्पस भित्रै यताउता जान वा ठूलो औद्योगिक क्षेत्र भित्र त्यहाँ काम गर्ने मजदुरहरुलाई यताउता गराउनका लागि यो प्रयोग गरिएको छ ।

Post a Comment