Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अनुत्तरित प्रश्न"


                                                                                                                                 
#सविता_भण्डारी
विराटनगर 

एक युवती असमर्थ भइ
फक्रन लागेको बैँस सम्हाल्न,
भुल्यो भमरा फूल ठानेर
आखिर छोडिगयो कोपिला कोखमा।
बज्र पर्यो जिवनमा
डुब्न थाली प्रश्नको सागरमा
अनि झुक्दै गइ आफ्नै अस्तित्वमा।।
बिजबाट बीउ, बीउबाट बिरुवा बन्दै थियो,
थर्थर् काँपेको मुटु बोकेर
लर्बराएका पाइलाहरु टक्क अडिए
अस्पतालको शैया अगाडि,
अँध्यारो भो एक्कासी,
आक्रोशले भरिपुर्ण चिच्याहट
गुञ्जिन थाल्यो गर्भ भित्र,
किनकी सेतो पहिरनमा सजिएको यमदुतले
बिरुवा माथी कात्रो ओढाउँदै थियो।।
धर्तीमा प्रस्थान गर्दा प्रकृतिको ऋणी बनेर
श्वासप्रश्वासमा सम्मीलित भएको भए
खोजी हुनेथियो कुल जात र धर्म
खोजी हुनेथियो शरिरमा बग्ने रगतको
उद्गम बिन्दु उसका बाबू को?? भनेर
कठै...!
नदेख्यो संसार, नहेर्यो आमाको मुख
छोड्यो आत्माले शरीर,
रित्याएर कुमारी आमाको काख, अब
उसले झुक्नु पर्दैन कहिलै नाजायज भनी।।
जब समाजको सर्टिफिकेट लिएर
आमाको अध्यायमा प्रवेश गर्छे
बल्ल बुझ्छे, के थियो
चीता बनाएर सल्काएको कुमारित्व ?
र आफ्नै हाँगो संग चिहान
बनाएको मातृत्व?
अनायसै छुट्न थाल्छन्
पश्चातापको ज्वारभाट
पुग्छे अतीतको खाल्डोमा पुरिन
अनि आफैँ सँग गर्न थाल्छे
जवाफ नभएका प्रश्नहरु।।
प्रसव पीडा संग ज्ञात उसले कसरी
ओढ्न सकेकि कुमारी केटिको पछ्यौरी ?
आफ्नै बगैंचा नास्ने कस्ती माली भई?
किन उभिन सकिन अपमान विरुद्ध
युद्धको संघारमा?
आखिर किन सल्काउन सकिन
ऊ बेला हृदयमा मातृत्वको डडेलो?

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget