Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एएफसी सोलिडारिटी कपमा आज नेपाल र मकाउ भिड्ने


काठमाडौ, ३० कात्तिक । एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज मकाउसंग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा नेपाली समयअनुसार आज साँझ सवा ५ बजे खेल हुनेछ । प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ मकाउको सामना गर्ने तयारी गरेको छ । ७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल र मकाउ अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मकाउले भने बु्रनाईलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल र मकाउवीच यसअघि भएका ५ खेलहरुमा नेपालले ३ जीत हासिल गरेको थियो भने एक खेलमा मकाउ जीत र एक खेल बराबरी भएको थियो । फिफा वरियतामा नेपाल १८६ औँ तथा मकाउ १९६ औँ स्थानमा छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget