Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मान्छेहरु मलाई देखेर अझै थाकेका छैनन् – ब्रम्हानंदम

काठमाडौं, कात्तिक २० – सिने उद्योगमा स्थापित सबै स्टारहरुले आफ्नो करिअरको सुरुवात प्रायः सानो भूमिकाबाट गरेका हुन्छन् । सानो भूमिकाबाट करिअरको सुरुवात गरेपनि उनीहरुले पछि भने सिनेमामा रजाँई गरेका हुन्छन् । यही मध्येका एक स्टार हुन् दक्षिण भारतीय सिनेमाका कमेडियन ब्रम्हानंदम ।
सन् १९५६ फेब्रुअरी १ मा आन्ध्रप्रदेशमा जन्मेका ब्रम्हानंदमको परिवाको आर्थिक अवस्था कमजोर थियो ।  यही कारण उनको परिवारबाट एमएसम्मको अध्ययन गर्ने उनी मात्र पहिलो सन्तान थिए । अध्ययन सकेपछि उनले एक तेलुगु लेक्चररको रुपमा कलेजमा पढाउन थाले ।  उनी कलेजमा प्रायः विद्यार्थीलाई मिमिक्री गरेर हँसाउथे । एकपटक उनलाई ईंटर कलेज नाटक प्रतियोगितामा बेस्ट सपोर्टिङ कलाकारको पुरस्कार मिल्यो । त्यसपछि उनको रुची नाटक तर्फ बढ्न थाल्यो ।
नाटकमा काम गर्ने क्रममा तेलुगु फिल्मका चर्चित निर्देशक जन्धयालाले उनलाई बोद्दाबाई नामको नाटकमा अभिनय गर्दै गरेको देखे । त्यही अभिनयबाट जन्धयाला प्रभावित भए र चान्ताबाई नामक फिल्ममा ब्रम्हानंदमलाई सानो भूमिका दिए । यही फिल्मबाट १९८५ मा ब्रम्हानंदमको सिने करिअर सुरु भयो ।
पहिलो सिनेमाको काम मन पराएपछि जन्धयालाले उनलाई दोस्रो सिनेमामा पनि लिए । दोस्रो सिनेमामा आहा न पेल्लानतामा उनले गरेको अभिनय धेरैले मन पराए र दोस्रो सिनेमाबाटै ब्रम्हानंदम सिनेमाको चर्चित अनुहार बन्न पुगे । अहिलेसम्म उनले एक हजार भन्दा धेरै सिनेमामा काम गरेका छन् । अहिले उनी एक सिनेमामा काम गरेबापत एक करोड पारिश्रमिक लिन्छन् ।
आफूले सिनेमामा पाएको ब्रेकबारे ब्रम्हानंदम भन्छन्– म माता पिताका आठ सन्तान मध्ये सातौं नम्बरमा जन्मेको हुँ । भगवानलाई म धेरै धन्यवाद दिन्छु । किनकी मैले बाल्यकालदेखि नै अरुलाई हँसाउन सफल भएको छु । मेरा एकदमै मिल्ने साथी एमसिबी शशिधर, उनी डि डि ८ मा चिफ प्रोगामिङ अफिसर थिए । उनले मलाई चर्चित लेखक आदि विष्णुको घरमा लगे । आदि विष्णुले मलाई –तिमी निकै राम्रो स्टैंड कमेडी गर्न सक्छौ जसलाई टेलिभिजनमा अनएअर गर्न सकिन्छ भने । त्यसपछि मलाई जन्धयालाले सन् १९८५ मा पहिलो ब्रेक दिएका हुन् ।

मलाई देखेर दर्शक थाकेकै छैनन् 

मलाई लाग्छ सबै अभिनेताहरुले मैले जस्तै कडा मेहनत गर्छन् । तर मानिसहरु अझै पनि मलाई देखेर थाकेका छैनन् । यही कारण भगवानले मलाई, मात्र अरुलाई हँसाउनको लागि यस धर्तिमा पठाएको जस्तो लाग्छ ।  एक पटक मेरो साथीको छोराले मलाई सोध्यो ‘तपाईँको नाम ब्रम्हानंदम कसले राख्यो ?’ मेरा पिताले पनि मलाई कहिल्यै मेरो नाम ब्रम्हानंदम किन राखियो भनेर भन्नु भएन । तर मेरो नामको अर्थ हो द ह्याप्पीनेस अफ द युनिभर्स । पुरै ब्रहमाण्डको आनन्द । 

आफ्नो व्यस्तताबारे के भन्छन् उनी ?

तीन दशकपछि पनि ब्रम्हानंदम सिनेमामा उत्तिकै व्यस्त छन् । यस प्रश्नमा उनी भन्छन्–एक भनाई छ नि ‘ताजा पानी सधैँ बासी पानीलाई रिप्लेस गर्छ ,तर भाँडो भने एउटै रहन्छ ।’ म पनि फिल्म उद्योगको यस्तै भाडो हुँ ।  
निर्देशक वीर बिक्रमले मलाई एकपटक भन्नुभएको थियो ‘तिमी भगवानको दर्शन गर्न लामो समय प्रतिक्षा गरेर लाईन बस्छौ अनि भगवानलाई भेटेपछि सबै कुरा बिर्सन्छौ । मैले तिमीलाई भगवानसँग तुलना गर्न खोजेको भने हैन तर जब मानिसहरु तिमीलाई हेर्छन्  सबै कुरा बिर्सेर हाँस्न थाल्छन् ।’
उज्यालाे र forseenetwork.com काे सहकार्य
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget