३० कात्तिक, काठमाडौं । प्रहरीले मादक पदार्थ सेवन गर्नेलाई मात्र होइन गाँजा लगायत लागू पदार्थ सेवन गरी सवारी चलाउनेलाई पनि कारबाही गर्न थालेको छ ।


मदिरा भन्दा लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझै बढी हुने भएकाले प्रहरी कारबाही त्यतातिर केन्दि्रत हुन थालेको हो ।
भक्तपुरको नगरकोट क्षेत्रमा गाँजा तथा अन्य लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको आनको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
महानगरीय प्रहरी परिषर भक्तपुरकी प्रमुख एसपी किरण बज्राचार्यले गाँजा खाएर सवारी चलाउनेलाई आफुहरुले पक्राउ गरी कारबाही सुरु गरेको जानकारी दिइन् ।
Post a Comment