Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

स्वास्थ्य परिक्षण गर्ने सस्था नै अवैध


मङ्सिर ६, बिराटनगर। स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले विराटनगरका मेडिकल हल अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ । अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भगेकोे अनुगमन टोलीले बताएको छ ।
त्यस्तैे भान्जा फार्मेसीको संचालन अनुमति पत्र नरहेकाले बन्द गरिएको छ । कञ्चनबारी आसपासका औषधि पसलेहरुले पनि पसल बन्द गरेर भागेको बताइएको छछ । कञ्चनबारी चौकमा रहेको आयुर्वेद औषधालयको संचालन अनुमति पत्र नपाइएकाले सिलबन्दी गरिएको छ । टंकीसिनवारीमा रहेको सानु फार्मेसी तथा क्लिनक अनुमति बिना संचालन गरिएको पाइएकाले लाहा छाप लगाएर सिलबन्दी गरिएको छ ।भने डाक्टर मिरा आचार्यको नाममा दर्ता गरिएको सरस्वती डेन्टल क्लिनिक अनुमति बिना संचालन गरेको पाइएकाले बन्द गरिएको अनुगमन टोलीले जनाएको छ ।
अवैध रुपमा खोलीएका औधषि पसललाई कानुन अनुसारको कारबाहि गर्नको लागी औषधि विभाग क्रियाशिल रहेको अनुगमन टोलीका शिवनारायण यादव ले बताउनुभयो ।यादवका अनुसार स्वास्थ्य निर्दे्शिका विपरीत संचालित औषधि पसल, क्लिनक, ल्याव र अस्पताललाई बन्द गरी कडा कार्वाही गरिने बताउनुभयो ।
त्यस्तै कतिपय औषधि पसलमा प्रतिबन्धित औषधि पनि विक्रि भै रहेको कारण अनुगमनको कार्यलाई अझ प्रभावकारी बनाइने उहाँले बताउनुभयो । सर्वसाधरणको स्वास्थ्यमा हेल्च्क्याइ गरेको पाइएका ले आगामी दिनमा औषधि पसललाई नियमित अनुगमन गरिने समेत उहाँले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget