Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विश्व निमोनिया दिवस मनाईंदै




विराटनगर२७ कात्तिक । विश्व निमोनिया दिवस आज मनाईंदै छ । सन् २००९ देखि निमोनिया रोगको बारेमा जानकारी फैलाउन यो दिवस मनाउन थालिएको हो । विशेषगरी ५ वर्षमुनिका बालबालिका र ६० वर्ष काटेका बुढाबुढीलाई सामान्य रुघाखोकी लागेपछि निमोनियाको जोखिम धेरै हुने भएकाले सचेत हुन बालरोग विशेषज्ञ डा। गणेश राईले सुझाव दिनुभएको छ । एक हप्ताभन्दा धेरै समय रुघाखोकी लागे स्वास्थ्य संस्था जान उहाँले सुझाव दिनुभयो । उहाँका अनुसार जाडो याममा रोग प्रतिरोधात्मक क्षमता घट्ने तथा धेरैजना एकै ठाउँमा बस्ने गर्दा एक व्यक्तिमा देखिएको रुघाखोकी अरुमासर्ने सम्भावना धेरै हुन्छ ।

रुघा खोकी लाग्ने भाइरस चिसोमा बढी सक्रिय हुने उहाँले बताउनुभयो । कम भेटघाट गरे, एउटै कोठामा धेरैजना नबसे, बाहिर हिँड्दा मास्क लगाए, बाहिरका खानेकुरा नखाए, झोलिलो खानेकुरा खाए जाडोमा लाग्ने रुघाखोकीबाट बच्न सकिने उहाँको भनाई छ । यस्तै बच्चालाई ठिक्क लुगा लगाइने, ज्वरो आए कफ सिरपको सट्टा सिटामोल खुवाउने, ६ महिनासम्म आमाको दूध मात्र खुवाउने, बच्चाको आवाज बेग्लै किसिमको आउन थाले स्वास्थ्य संस्थामा लान पनि डाक्टर राईले सुझाव दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget