Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भारतीय राष्ट्रपतिको स्वागतमा काठमाडौं झकीझकाऊ

welcome
१६ कात्तिक, काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि बुधबार  काठमाडौं आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा काठमाडौंका विभिन्न ठाउँमा स्वागतद्वार एवं झण्डा र ब्यानरहरु राख्न थालिएको छ ।
व्यवस्थापिका संसद भवन नजिकै रहेको नयाँ बानेश्वर चौकमा स्वागतद्वार बनाइएको छ । चोकचोकमा नेपाल र भारतका झण्डाहरु सजाइएका छन् । बबरमहलका साथै सिंहदरबार नजिकै पनि झण्डा र स्वागतद्वारहरु खडा गरिएको छ ।
काठमाडौंमा जस्तै जनकपुर र पोखरामा पनि राष्ट्रपतिको स्वागतका लागि मञ्च बनाउनेदेखि लिएर विभिन्न सजावटका कामहरु भइरहेका छन् ।
काठमाडौंको हायत होटलसम्म जाने बाटो रातारात मर्मत एवं सरसफइ गरिएको छ । सडकलाई सफा बनाउने कार्य धमाधम भइरहेको छ ।
राष्ट्रपति मुखर्जी बुधबार तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् । उनी शुक्रबार दिल्ली र्फकने छन् । नेपालमा रहँदा जनकपुर र पोखराको समेत भ्रमण गर्ने छन् ।
तीन दिन काठमाडौंमा बाटो अवरुद्ध हुने 
ट्राफिक प्रहरीले एक सूचना जारी गरेर बुधबार, विहीबार र शुक्रबार राजधानीका विभिन्न रुटमा सवारी साधन नचलाउन आग्रह गरेको छ । ट्राफिकले तय गरेको रुट यस्तो छ-
भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा पर्सी बुधबार काठमाडौं आउँदैछन् । उक्त दिन सरकारले सार्वजनिक विदा दिएको छ भने धेरै जसो सडक खाली गरिने भएको छ । सवारी आवागमन तीन दिन प्रभावित हुनेछ ।
मुखर्जीको सवारीलाई लक्षित गरी ट्राफिक प्रहरीले विभिन्न रुट खाली गराउने तयारी गरेको छ । जस अनुसार विहान साढे ११ बजे देखि दिउँसो २ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारी चलाउन रोक लगाइने भएको छ ।
यस्तै दिउँसो १ बजे देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन । दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्मगौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौेद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक खाली गरिनेछ ।
यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी चलाउन रोक लगाइने भएको छ ।
welcome-2
बिहीबार गाडी रोकिने रुटहरु
बिहान ९ बजेदेखि ११ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रसम्म
बिहान पौने १० बजेदेखि दिउँसो पौने २ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रसम्म ।
दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रसम्म ।
साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रसम्म
साँझसाढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रसम्म ।
बेलुकी पौने ८ बजेदेखि पौने १० बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट,बत्तिस पुतली क्षेत्र ।
शुक्रबार
बिहान ९ बजेदेखि ११ बजे सम्मः बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट, तीनकुनेसम्म ।
ट्राफिक प्रहरीले यो समयमा यो रुटमा चल्ने सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget