Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तिजको गीत भन्दा लाज लागेर आउँछः गीतकार गायत्री थापा

पछिल्लो समय यस्तो लोकप्रियताका कारण तिज गीतमा विकृति आएको बताउँछिन् गीतकार तथा गायिका गायत्री थापा। यसपालिको तिजका लागि ”माइतीको झल्को“ बोलको गीत ल्याएकी गायत्रीले चार वर्षयता निरन्तर उनका तिजका चार एल्बम आइसकेका छन् । विशेषगरी आधुनिक गीति लेखनमा जमेकी गायत्री आफै पनि गाउँछिन् । तर, उनी आफूलाई गीतकारकै रुपमा चिनाउन चाहन्छिन् । डेढ सयभन्दा बढी गीत रर्कड गराएर नेपाली सांगीतिक क्षेत्रमा एक कुसल गीतकारको परिचय बनाएकी गायत्रीसँग एमपी सुब्बाले गरेको कुराकानी :
gaytri-thapa
गीत लेख्न कहिलेदेखि सुरु गर्नुभयो ?
गीत त सानैदेखि लेख्थेँ । तर, रेकर्ड गर्न थालेको चाहिँ २०६७ बाट हो । डायरीमा थप्रै गीत थियो । त्यसबाट छनोट गरेर ‘सम्बन्ध नै टुटेपछि भेट्नुको के अर्थ’ बोलको गीत गायिका अञ्जु पन्तको स्वरमा रेकर्ड गराएँ । गीतले राम्रो चर्चा पनि पाएको थियो ।
तपाईलाई गीतकारको रुपमा चिनाउने गीत यही हो ?
मलाई गीतकारको रुपमा चिनाउने गीतचाहिँ ‘कस्तो हुन्छ मायाको डोरी’ हो । यो आधुनिक लोकगीत हो । देवी घर्ती र रामजी खाँडले गाएको यस गीतले गीतकारको परिचय मात्र दिएन, यसबाट पैसा पनि कमाएँ ।
लोक र आधुनिकमध्ये कुन गीत बढी लेख्नुहुन्छ ?
म आधुनिक नै बढी लेख्छु । अहिलेसम्म मेरो आधुनिक गीत ढेड सयभन्दा बढी रेकर्ड भइसकेका छन् । मलाई चिनाउने पनि आधुनिक गीत नै हो ।
तपाईंलाई पैसाले गीतकार भएको भन्ने पनि सुनिन्छ नि ?
पैसाले मान्छे कहिल्यै गीतकार बन्न सक्दैन । गीतकार हुन प्रतिभा र कला हुनुपर्छ । यदि पैसाले नै भएको भए यति लामो समयसम्म टिक्ने कुरै हुँदैन । आरोप लगाउन त जसले पनि पाइहाल्छ नि ।
तपाईका एकल एल्बमहरु पनि आएका छन् नि होइन ?
‘सपना’ र ‘माया प्राप्ती होइन’ नामका दुई एकल एल्बम ल्याइसकेकी छु । अहिले तेस्रो एल्बम ल्याउने तयारीमा छु । एल्बमको सबै गीत तयारी भइसकेको छ । अब नाम मात्रै जुराउन बाँकी छ । यसबाहेक तिज र भजन एल्बम पनि ल्याएकी छु ।
अहिलेसम्म तिजका कति वटा एल्बम ल्याउनुभयो ?
यसअघि ‘सुनको चुरा’, ‘रातो सारी’, ‘उठेर बसेर’ र ‘वर माग्छु शिवजीलाई’ जस्ता चार एल्बम ल्याएकी छु । यसपालिको तिजका लागि मैले ‘माइतीको झल्को’ ल्याएकी छु । तिजको मेरो पहिलो एल्बम ‘सुनको चुरा’ नै हिट भएको थियो । त्यसपछि मैले ल्याएका सबै तिज गीत श्रोताले रुचाए । मेरो तिज गीत सबै डान्सिङ बीटका हुन्छन् । त्यसैले पनि श्रोता रुचाउँछन् । तर, यसपटक भने मैले सेन्टिमेन्टल गीत ल्याएकी छु ।
gayatri thapa
डान्सिङ बीट छाडेर यसपटक किन सेन्टिमेन्टल नि ?
यसपटक १२ बैशाखमा गएको विनाशकारी भूकम्पले सबै नेपाली दिदीबहिनी नाच्ने मुडमा छैनन् । उनीहरुको मन रुएको छ । मेरो पनि मन रुएको छ । यस्तो अवस्थामा डान्सिङ बीटको गीत ल्याउन उचित ठानिनँ । मेरो बुबा पनि यस वर्ष वित्नुभएको छ । त्यसैले रोमान्टिक गीत ल्याउन मेरो मनै मानेन ।
यसपालीको तिजका लागि के योजना बनाउनुभएको छ ?
केही योजना बनाएको छैन । मेरो मनै खुसी छ्रन । भूकम्पले नेपाली दिदीबहिनीको मन रुवाएको छ । मेरो बुबा पनि यसै वर्ष वित्नुभएको हो । त्यसैले म यसपालिको तिजका खुसी छैन ।
तिजमा व्रत त बस्नुहुन्छ होला नि ?
व्रत त निरन्तर १७ वर्षदेखि बस्दै आएकी छु । म भगवान शिवजीको भक्त हुँ । हरेक सोमबार शिवजीको व्रत बस्दै आएकी छु ।
१७ वर्षसम्म व्रत बसेर तपाईंलाई भगवान शिवजीले के दिए ?
मलाईं सबैथोक दिएको छ । म यहाँसम्म आइुपुग्नु नै भगवान शिवजीको कृपाले हो । म भगवानप्रति आस्था र विश्वास राख्छु ।
तपाईं गाउनु पनि हुन्छ नि ?
हो, गाउँछु । गीत लेखन पर्दा पछाडिको कुरा हो । पर्दा पछाडिको मान्छे सधैं ओझेलमा परिँदोरहेछ । साथीहरुले पनि नामका लागि तिमीले गाउनुपर्छ भन्ने सल्लाह दिएकाले गाउन थालेकी हुँ ।
अहिलेसम्म आफ्नो स्वरमा कति गीत रेर्कडिङ गर्नुभयो ?
एक दर्जनभन्दा बढी गाइसकेकी छु । त्यसमा केही गीत चर्चामा पनि आएका छन् । फोन गर मायालु मिस कल नगर, देख्दै मन जलाउँने, के छ लोभ्याउने जाउँ मायाको, मायाले साह्रै घाइते पा(यो जस्ता गीत मैले गाएको चिर्चित छन् । तिज गीतहरु पनि गाउँदै आएकी छु ।
गाउने र लेख्ने दुवै गर्नुहुन्छ । तपाईको परिचय के हो ?
गीतकार हुँ म । गीति लेखनबाटै सांगीतिक क्षेत्रमा लागेकी हुँ । रहर र करले मात्र गाएकी हुँ । गाउन छाडे पनि लेख्न छाड्न सक्दिनँ ।
हिजोआजका तिज गीत कस्तो लाग्छ ?
मैले दोष लगाउन त मिल्दैन । तर, कता कता नेपालीपन हराएजस्तो लागिरहेको छ । पछिल्लो समय तिजका गीत टिभीमा हेर्दा बैराग लाग्छ ।
पहिले र अहिलेको तिजमा के फरक पाउनुहुन्छ ?
मैले जान्दादेखि यता नै आकाश–पाताल फरक छ । तिज नेपाली नारीहरुको धार्मिक तथा सांस्कृतिक पर्व हो । तर, हिजोआज त विकृति नै विकृति मात्र देखिन्छ । म आफै पनि तिज गीत लेख्छु । तर, तिजको गीत भन्दा लाज लागेर आउँछ ।
किन यस्तो भएको होला ?
यहाँ सस्तो लोकप्रियता चाहनेहरुको हावी भयो । अर्को कुरा अहिले कोठे गीत बन्न थाल्यो र गीतसंगीतमा मिहिनेत समेत हराउन थालेको छ, जसले सबैभन्दा बढी तिज गीतलाई बिगारेको छ ।
यस्तो विकृति नियन्त्रण गर्न के गर्नुपर्छजस्तो लाग्छ ?
विकृति नियन्त्रणका लागि सबैभन्दा पहिले कलाकार एक हुनुपर्छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले सेन्सरशीप ल्याउनुपर्छ, जसमा सरकारको सहयोग गर्न आवश्यक छ ।
– मार्गदर्शन दैनिकबाट

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget