Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राष्ट्रकवि माधव घिमिरेबाट ‘मिस्ड कल’ सार्वजनिक !

काठमाडौँ, ११ कार्तिक, कवि, गीतकार, साहित्यकार तथा गायक सुरेन्द्र महर्जन ‘अमर’ को कृति उपन्यास ‘मिस्ड कल’ राष्ट्रकवि माधव घिमिरेबाट सार्वजनिक भएको छ । एक गरिब नारीको जीवनमा मिस्ड कलका कारण के(के हुन्छ भन्ने कुरा यस उपन्यासको कथामा समेटिएको छ । कथा सत्य घटनामा आधारित भएको उपन्यासकारले जानकारी दिए ।
कार्यक्रममा राष्ट्र कवि माधव घिमिरेले सुरेन्द्र महर्जन ‘अमर’ त्यो दिप हो जो सूर्यको किरण त नभनु तर सबैको हित चाहने आशाको किरण जस्तो उज्यालो भएको बताए । निरन्तर साहित्य सिर्जना गर्दै अमरले विगत लामो समयदेखि धेरै साहित्यिक कार्यक्रम गरेको र लेखन क्षेत्रमा आफ्नो रचना यात्रालाई निरन्तरता दिँदै नेपाली साहित्यमा एउटा अर्को ईटा थपेकोमा बधाई अनि शुभकामना पनि दिए ।
madhav-prasad-ghimire_surendra-maharjan
पत्रकार, उपन्यासकार, साहित्यकार एवं गायक कुसुम भट्टराईले उपन्यासको समीक्षा गरेका थिए । जिन्दगीमा दुस्खपछि नै सुख आउने कुरामा कुनै दुईमत नभएको र सबैले एकपटक यो उपन्यास अध्ययन गर्नुपर्ने बताए । भट्टराईले ‘अमर’ले लामो समयदेखि साहित्य सिर्जना गरेर गीतहरू गाएर नेपाली साहित्यमा नयाँ आयाम थपेको बताउँदै साहित्य सृजना गरेकोमा बधाई पनि दिए । ‘मिस्ड कल’ भन्नाले सबै ुमिस्ड कलु उपन्यासभित्रको ‘मिस्ड कल’ जस्तो नहुने पनि बताए । उनले भने, ‘होस् गर्नु होला मिस्ड कल आयो भन्दैमा मिस्ड कलकैपछि पनि नलाग्नु होस् । मिस्ड कलले कसैको जिन्दगी बर्बाद भएको पनि छ यसकारण आफूले आफ्नो सुरक्षा गनु होला ।’
उक्त कार्यक्रममा गीतकार, कवि तथा पत्रकार पुष्करराज बुढाथोकी ‘साउँतेली’ ले पनि अमरको कृति ‘मिस्ड कल’ को विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।
विभिन्न विद्या कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लघुकथा, गीतिनाटक, उपन्यास आदि क्षेत्रमा कलम चलाउँदै आएका ‘अमर’ गायन क्षेत्रमा पनि सकृय देखिन्छन् भने ‘अमर’ उपन्यास लेखनमा पनि सकृय नै छन् । २०४२ सालदेखि निरन्तर साहित्य सृजना गर्दैआएका अमरले नेपाली साहित्य फाँटमा फेरि एउटा साहित्य सिर्जना थप गरेका हुन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget