Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिर्जना भन्छिन्, ‘मान्छेको जीवन नै नाटक’ (फोटोफिचरसहित)

एमपी सुब्बा
नाटक तथा चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयमार्फत दर्शकको मन जित्न सफल सिर्जनालाई ‘घमण्ड’ भन्ने शब्दै मन पर्दैन रे । आफूले मनै नपर्ने शब्द आफैमाथि भिराइँदा उनलाई चित्त नबुझेको रै’छ । ‘मंगोलियन अनुहार हेर्दा घमण्डी देखिए पनि स्वभाव दयालु हुन्छ’ सिर्जनाले भनिन्, ‘मलाई यस्तै भएको हो ।’
srijana
काठमाडौं । रंगकर्मी अर्थात् कलाकार सिर्जना सुब्बा जीवनलाई ‘नाटक’का रुपमा लिन्छिन् । उनको बुझाइमा मान्छेको जीवन ‘एउटा नाटक’ न हो । एक दशकदेखि निरन्तर रंगकर्ममा रमाउम्दै आएकी सिर्जनाले कलाकारिता र जीवनबारे खुल्दै भनिन्, ‘मान्छेको जीवन नाटक न हो, हामी सबै नाटक रचिरहेका हुन्छौं । फरक यति नै हो, कलाकारले स्टेजमा प्रस्तुत गर्छ ।’ मण्डला थिएटरमा आबद्ध सिर्जनाको धारणामा जन्मेपछि मान्छे बाँच्नकै लागि अनेक नाटक रच्ने गर्छ । यो क्रम बाँचेसम्म चलिरहन्छ ।
543543_345953315467986_767309271_n
यी चर्चित रंगकर्मीले कुराकानीकै क्रममा आफ्ना केही नयाँ कुराहरु पनि खोलिन् । उनले आफू धेरैको नजरमा ‘घमण्डी’ देखिएको बताउँदै भनिन्, ‘धेरैलाई अनुहार हेरेर सिर्जना घमण्डी छिन् भन्ने लाग्दोरै’छ । तर, वास्तवमा म घमण्डी छैन ।’ नाटक तथा चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयमार्फत दर्शकको मन जित्न सफल सिर्जनालाई ‘घमण्ड’ भन्ने शब्दै मन पर्दैन रे । आफूले मनै नपर्ने शब्द आफैमाथि भिराइँदा उनलाई चित्त नबुझेको रै’छ । ‘मंगोलियन अनुहार हेर्दा घमण्डी देखिए पनि स्वभाव दयालु हुन्छ’ सिर्जनाले भनिन्, ‘मलाई यस्तै भएको हो ।’
ss
फिल्ममा हिरोइन बन्न मोरङबाट राजधानी छिरेकी सिर्जनाको कलाकारिता यात्रा भने रंगमञ्चतिर लम्कियो । र, अब उनी रंगमञ्चमै रमाउन चाहन्छिन् । हुन त केही फिल्ममा अभिनय नगरेकी होइन । तर, उनको मोह रंगमञ्चमै स्थापित भयो । एक तवरले भन्ने हो भने मंगोलियन अनुहारले पनि उनलाई हिरोइन बन्न रोक्यो किनकि, जुन समयमा सिर्जना हिरोइनको मोह चढेको थियो, त्यो समयमा मंगोलियन अनुहारका हिरोइन लिँदा फिल्म चल्दैन भन्ने निर्माता÷निर्देशकमा मानसिकता थियो । तर, हिजोआज सोचाइ फेरिएको छ । तर अब उनलाई हिरोइन बन्नु छैन । रंगमञ्चमै सिर्जनाले आफूलाई स्थापित गरेकी छन्, जसबाट नाम, दाम र शान बटुलेकी छन् ।
srijana 1
अब आफू अभिनयमा मात्रै सिमित नरहने सिर्जना बताउँछिन् । उनले भनिन्, ‘चाँडै निर्देशनतिर पनि हात हाल्दै छु । यस वर्षभित्रै नाटक निर्देशन गर्दै छु ।’ आफूले निर्देशन गर्ने नाटकका लागि कथाहरु पढ्दै गरेको उनले सुनाइन् । ‘म कथा लेख्न सक्दिनँ, अल्छी छु’ उनले भनिन्, ‘त्यसैले अरुका कथा रोजेर नाटक निर्देशन गर्न लाग्दै छु ।’
यहाँसम्म आइपुग्दा दर्जनौ नाटकहरुमा अभिनय गरिसकेकी छन् सिर्जनाले । पछिल्लो समय उनी अभिनीत ‘माइला डटकम’, ‘डिग्री माइला’, चोर चरणदास’जस्ता नाटक दर्शकले अति रुचाए । यी नाटकहरु पटक–पटक मञ्चन गरिएका थिए । तर, अब आफू अभिनयमा मात्रै सिमित नरहने सिर्जना बताउँछिन् । उनले भनिन्, ‘चाँडै निर्देशनतिर पनि हात हाल्दै छु । यस वर्षभित्रै नाटक निर्देशन गर्दै छु ।’ आफूले निर्देशन गर्ने नाटकका लागि कथाहरु पढ्दै गरेको उनले सुनाइन् । ‘म कथा लेख्न सक्दिनँ, अल्छी छु’ उनले भनिन्, ‘त्यसैले अरुका कथा रोजेर नाटक निर्देशन गर्न लाग्दै छु ।’
लेख्नलाई अल्छी मानेपनि उनी पढ्नचाहिँ जाँगरिली छिन् । सिर्जना यतिसम्म कि, उनी आफूलाई पुस्तकको सौखिनसमेत ठान्छिन् । ‘सानैदेखि उपन्यास पढ्न रुचाउँथे, कति उपन्यास त लुकीलुकी पनि पढेकी छु’ पहिलोपटक ‘देउता’ उपन्यास पढेको सुनाउँदै सिर्जनाले भनिन्, ‘मलाई उपन्यास र कथा पढ्न मनपर्छ ।’ एक्लो हुनेवित्तिकै पढ्नतिर आफ्नो ध्यान जाने बताउँदै अहिले ‘ज्याक्सन हाइट’ पढिरहेको उनले सुनाइन् ।
srijana limbu
सिर्जनाका लागि अभिनय त जीवन नै हो । र जीवनचाहिँ नाटक । यसबाहेक उनी नृत्य गर्न रुचाउँछिन् । करिअरको प्रारम्भमा मोडलिङ समेत गरेकी सिर्जनाको अर्को मनपर्ने पाटो हो, खेलकुद । रुचि र इच्छाकै कारण स्कुल पढ्दाखेरी कराँते सिकेकी सिर्जनाले भनिन्, ‘म राम्रो कराँते खेल्न सक्छु ।’
ss
सिर्जनाले ठूलो लक्ष्य बनाएकी छैनन् । आफ्नो लक्ष्य भनेकै कलाकारिता भएकाले ज्यानले साथ दिएसम्म यसैमा रमाउने सिर्जनाले सुनाइन् । ‘मैले योजना बनाएको केही पनि पुग्दैन’ उनले भनिन्, ‘त्यसैले म कुनै लामो योजना नै बनाउँदिनँ ।’ लक्ष्य र उद्देश्यमा योजना नबनाएकी सिर्जनाले घरजमका लागि पनि कुनै सोच बनाएकी छैनन् रे ।’ उनले भनिन्, ‘घरजम अर्थात् विवाह भन्ने कुरा योजना बनाएर हुने होइन, तक्दीरमै लेखेको हुनुपर्छ । लेखेको समय आएपछि रोकेर पनि रोकिँदैन ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget