
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध महिला संघको महाधिवेशनमा रामचन्द्र पौडेल पक्षले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । पौडेल पक्षले अध्यक्षको उम्मेदवारमा मिना पाण्डेलाई अघि सारेको हो ।
मंगलबार राजधानीमा आयोजित घोषणा सभामा उम्मेदवारहरु घोषणा गरिएको हो ।
अरु उम्मेदवारहरु भने पछि घोषणा गरिने पौडेल पक्षले जनाएको छ ।
महिलासँगको पदाधिकारीमा अध्यक्ष, महामन्त्री र कोषाध्यक्ष निर्वाचनबाट चुनिन्छन् ।
देउवा पक्षले भने अझै उम्मेदवार टुंगो लगाएको छैन ।
Post a Comment