Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिँचाइ मन्त्री गिरीले भने- म गुण्डा पनि हुँ…. (अडियोसहित)

२६ भदौ, दाङ । सिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने कार्यकर्तालाई थर्काउने क्रममा मन्त्री गिरीले आफू गुण्डा भएको बताएका हुन् ।
अनलाइनखबरलाई प्राप्त अडियो रेकर्डमा मन्त्री गिरीले टेलिफोनमा कार्यकर्तासँग भनाभन हुँदै गर्दा भने- म गुण्डा पनि हुँ फेरि ।
मन्त्री गिरी र उनका कार्यकर्ता वीचको टेलिफोन सम्वादअनुसार प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई पक्राऊ गरेको र छुटाउन मन्त्री गिरीलाई आग्रह गरिएको छ ।
गिरीले आफू उनीहरुलाई छुटाउन लागिरहेको तर, डीएसपीको फोन नउठेकाले समस्या परेको बताएका छन् । उनले पटक-पटक भनेका छन्- त्यो डीएसपीले फोनै उठाउँदैन त म के गरौं यार ?
कार्यकर्ताले, ‘तपाईले यति पनि गर्न सक्नुहुन्न ? तपाईलाई जिताएर पठाएको के काम भो ?’ भन्दै असन्तुष्टि जनाएपछि जवाफमा मन्त्री गिरीले कार्यकर्तालाई भने- ‘तैँले के गर्न सक्छस् ? म गुण्डा पनि हुँ नि फेरि !’ भनेको प्रष्ट सुनिन्छ ।
तुलसीपुर नगरपालिका बटलपुरका एक थारु कार्यकर्ताले पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्ने क्रममा यो सम्वाद भएको हो ।
सुन्नुहोस् अडियो

फसाउन खोजिएको दावी
यसैबीच मन्त्री गिरीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । उनका स्वकीय सचिव युवराज बिसीले यस्तो भनेको बारे आफूलाई थाहा नभएको बताए ।
उनले भने, ‘मन्त्रीज्यू बिधीको शासन अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने नेता हो । कसैले कानुन विपरित काम गर्छ भने त्यस्तालाई संरक्षण गर्न हुन्न ।’
मन्त्री गिरीको दाङमा बढ्दो लोकप्रियताबाट आत्तिएकाहरुले फसाउनका लागि गरेको नियोजित षडयन्त्र गरेको उनले बताए । उनले भने, ‘उहाँको लोकप्रियता र उहाँ मन्त्री भएपछि जिल्लामा उहाँको प्रभाव सहन नसकेर नियोजित रुपमा उहाँलाई फसाउन यो अडियो रेकर्ड गरिएको हामीले महशुस गरेका छौं ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget