Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संक्रमित बालबालिकासँग मिस लिम्बू प्रतियोगी

काठमाडौं, २६ भदौं । ‘मिस लिम्बू इन्टरनेशनल–२०१६’ का प्रतियोगीहरु शनिबार प्रशिक्षण छाडेर कीर्तिपुरस्थित बेबी लाईफ होम पुगे । प्रतियोगितामा अन्तिम स्पर्धा गरिरहेका २८ प्रतियोगी त्यहाँ घुम्नका लागि मात्र पुगेका भने होइनन् । उनीहरु सामाजिक कार्यका लागि बेबी लाईफ होम पुगेका हुन् । लिम्बू सुन्दरीहरुले विभिन्न व्यक्ति तथा संस्थाबाट पाएको सहयोग रकम ५७ हजार रुपैयाँ बेबी होमका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेका थिए ।
miss-limbu
बेबी  लाईफ होममा एचआईभी संक्रमित २७ जना बालबालिका आश्रित छन् । उनीहरुलाई उक्त होमले शिक्षा–दीक्षा तथा बसोबासको व्यवस्था गर्दै आएको छ । संक्रमित बालबालिकासँग प्रतियोगीहरुले भलाकुसारीसमेत गरेका थिए ।
आर्थिक अभावका कारण दयनीय रुपमा सञ्चालन हुँदै आएको उक्त बेबी होमलाई केही राहत होस् भन्ने ध्येयले विभिन्न व्यक्तिले सहयोग गरेका हुन् । हङकङमा बस्दै आएका समाजसेवी तथा मोडल हेमराज अन्छङ्बोले नगद २३ हजार सहयोग गरेका छन् भने व्यवसायिक काजी श्रेष्ठले १० हजार, प्रतियोगीहरुले १३ हजार, समाजसेवी कृष्णा सुब्बाले ५ हजार, गायक भीम लिम्बूले एक हजार र रुबुशा क्रियशनको तर्फबाट गायक रुकमान लिम्बूले ५ हजार गरी जम्मा ५७ हजार बेबी लाईफ होमलाई हस्तान्तरण गरिएको मिस लिम्बूको आयोजक संस्था याक्थुङ युथ एसोसिएसनले जनाएको छ ।
miss-limbu-1
मिस लिम्बू प्रतियोगीहरुसँग आयोजक टीमका सदस्य तथा केही कलाकारहरु समेत कीर्तिपुर पुगेका थिए । सहयोग हस्तान्तरण टोलीको संयोजत्व कार्यक्रम सञ्चालिका याङ्जोम शेर्पाले गरेकी थिइन् ।
‘मिस लिम्बू इन्टरनेशनल–२०१६’ प्रतियोगीहरु दुई सातायता विभिन्न आत्मविकासबारे प्रहिक्षण गरिहेका छन् । उनीहरुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले क्याटवाकलगायतका विषयमा प्रशिक्षण दिँदै आएकी छन् । प्रतियोगिताको फाइनल १२ असोजमा राजधानीमा हुँदैछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget