Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

धेरै क्वाँटी खानु मृगौलाका लागि हानीकारक

Kwanti--------
१७ साउन, काठमाडौ । नेपाली समाजमा विशेष गरी जनैपूर्णिमाको उपलक्ष्य पारेर क्वाँटी खाने चलन छ । क्वाँटी हाम्रो शरीरका लागि फाइदाजनक छ । यसले शरीरमा प्रोटिनको मात्रा बढाउँछ ।
यसमा पाइने प्रोटिन, भिटामिन तथा मिनिरल्सका कारण हाम्रो शरीरका माशंपेशीलाई मजबुत बनाउँछ । अझ, क्वाँटीमा ज्वानो हालेर खाँदा यसले शरीरलाई चिसो एवं जीउ दुख्नबाट समेत जोगाउँछ ।
तर, खान पाइयो भन्दैमा एकैपटक धेरै मात्रामा क्वाँटी खानु पनि स्वास्थ्यका लागि घातक सावित हुन सक्छ । क्वाँटी विभिन्न गेडागुडीको समिश्रणबाट तयार हुन्छ । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले गर्दा शरीरमा युरिक एसिड बढ्ने सम्भावना रहन्छ ।
त्यसैगरी, एकैपटक अधिक प्रोटिन खानाले मृगौलाले (किड्नी)ले त्यसको भार थेग्न नसकी विभिन्न रोग निम्त्याउने गर्छ ।
त्यस्तै, किड्नी बिग्रने र खराब हुनेसम्मको खतरा निम्तिन्छ । किड्नीको खराबीले मुटुमा समेत असर पर्छ । रगतमा कोलेस्ट्रेरोलको मात्रा उच्च गराउँछ । त्यतिमात्र नभएर क्वाँटीलाई राम्ररी धोई पखाली नगरी खाएमा शरीरमा विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, क्वाँटीलाई राम्ररी नकेलाएमा ढुङ्गा लाग्न सक्छ ।
चिकित्सकका अनुसार एउटा सामान्य व्यक्तिले उसको शरीरको तौलअनुसार प्रतिग्राम प्रोटिन सेवन गर्नु उर्पयुक्त मानिन्छ । अर्थात ६० केजीको मानिसले दिनमा ६० ग्राममात्र प्रोटिन खानु उचित हुन्छ । यस्ता प्रोटिन दाल, भात, तरकारी अचारलगायतका विभिन्न खाने कुराबाट पाउन सकिन्छ ।
ती प्रोटिन दुई किसिमबाट प्राप्त गर्न सकिन्छ । एउटा जनावरबाट पाइने पूर्ण प्रोटिन र अर्को तरकारीबाट पाइने अपूर्ण प्रोटिन । खसी, कुखुराको मासु, अण्डालगायतबाट पाइने प्रोटिनलाई पूर्ण प्रोटिन भनिन्छ । यस्ता प्रोटिन स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

त्यस्तै, तरकारी, गेडागुडी लगायतका खानेकुराबाट पाइने प्रोटिनलाई अपूर्ण प्लान्ट प्रोटिन भनिन्छ । हामीले आफ्नो खानालाई दाल, भात, तरकारी, अचार, सलाद, फलफूल, दूध, दही सबै राखेर खान सकेको खण्डमा हामीले यस्ता खानाबाट दैनिक २० प्रतिशतसम्म प्रोटिन पाउने गर्छौं ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget