Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्री दाहालले गरे आदिवासी दिवस सरकारको तर्फबाट मनाउने घोषणा

काठमाडौं, साउन २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधानलाई संशोधन गरेरै भएपनि आदिवासी जनजातिले उठाउँदै आएका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
२२औं आदिवासी दिवसको अवसरमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको संविधानलाई सर्व–स्वीकार्य बनाउनका लागि आदिवासी–जनजातिको माग सम्बोधन गर्न आफू सकारात्मक रहेको बताए ।
उनले संविधान संशोधन गरी आदिवासीको माग समावेश गर्न सकिए त्यसपछिमात्रै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुने धारणा राखे ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले हरेक वर्ष अंग्रेजी महिनाको अगस्ट ९ तारिखका दिन संयुक्त राष्ट्रसंघले मनाउँदै आएको आदिवासी दिवसलाई अर्को वर्षदेखि सरकारको तर्फबाट मनाउने घोषणासमेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संविधानमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै त्यसलाई कार्यान्वयन गर्ने बाटोमा अघि बढनुपर्ने धारणा राखे ।
त्यसपछिमात्रै थप कुरा संविधानमा समेट्न सकिने उनको भनाइ छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget