तिलाठी घटनाका घाईतेलाई भेट्न पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित मनमोहन अस्पताल पुगे । भारतीय पक्षले बनाएको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएका देवनारायण यादव र दुर्गानन्द झालाई भेट्दा पण्डितको मुहारमा भिन्दै भाव देखिन्थ्यो । मनमोहन अस्पतालको आइसियूमा उपचार गराइरहेका यादब र झालाई उनले बीरको संज्ञा दिए ।उनले भने ‘ म तपाईले राष्ट्र बचाउन गरेको बलिदानको प्रशसां गर्छु । म सधै राष्ट्र, राष्ट्रियता र स्वाभिमानी नेपालीको सम्मान गर्छु । हामी हाम्रो देशको निम्ति कहिल्लै पनि झुक्नु हुँदैन ।’


जवाफमा देवनारायणले भने ‘ लालबावु पण्डित पक्कै सानो मान्छे होईन । मैले तपाईको धेरै नाम सुनेको छु । तपाई हेर्नमा मात्र सानो हो । म तपाईहरुलाई आग्रह गर्छु एकचोटी तपाईहरु पुर्व नेपालदेखि पश्चिम महाकालीसम्म दशगजामा गएर उभिनुस । सबै नेपालीहरुलाई जागरुक बनाउनुस । अनी थाहा हुन्छ भारतियबाट कती नेपाली पीडित छन ।’
जवाफमा लालबाबुले सहानुभुति दिदै भने ‘ म सधै अन्यायको बिरोधमा लाग्छु । र, अन्यायको बिरुद्ध लड्नेहरुको साथ दिन्छु । ’
राजेन्द्र महतो मधेसको नेता हैन, अरुकै गुलाम हो
घाइतेलाई भेटेपछि नेपाल आजसँग कुरा गर्दे पण्डितले मधेशी सुमदायको राष्ट्रभक्तिको प्रसंशा गरे । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तिलाठी घटना राष्ट्रियतासँग सम्बन्धित छैन भनेर मधेशी समुदायको खिल्ली उडाएको पण्डितको भनाइ छ । उनले भने ‘ महतो लगायतका केही नेताहरु अरुका गुलाम हुन् भन्ने स्पष्ट छ । उनीहरु नेपाली नागरिकता बोकेका बिदेशी गुलाम हुन् भन्ने तिलाठी घटनामा दिएको प्रतिक्रियाले प्रष्ट हुन्छ ।’
पण्डितका अनुसार राजेन्द्र महतो जस्ता नेताहरु मलाई नेता बनाईदेउ, म तिम्रै काम गर्छु भनेर गुलामी गर्छन । उनीहरुलाई जनताको नेता बन्दा भन्दा अरुको भक्त भन्दा बढी गर्वको अनुभुति हुने गरेको पण्डितको टिप्पणी छ ।
Post a Comment