१७ साउन, काठमाडौं । साउन महिना, भगवान शिवको पुजा-आराधनाका लागि विशेष महत्वको मानिन्छ । झन साउनका सोमबार शिवका भक्तका लागि अझै पवित्र दिनका रुपमा परिचित छ ।
विभिन्न शिवालयमा पुगेर दर्शन गर्नेहरुको घुँइचो साउनभर नै रहन्छ । सोमबार पोखराको लेकसाइडमा अवस्थित केदारेश्वर मन्दिरमा रहेका १०८ वटा शिबवलिङ्गमा पवित्र जल अर्पण गर्नेहरुको भीड देखियो ।

पोखराको गाइघाट (सेतीनदीको किनार)बाट पानी भरेर खाली खुट्टा भजन किर्तन र धार्मिक झाँकी सहित केदारेश्वोर आएका भक्तजनहरुको उपस्थिति त्यहाँ बाक्लो थियो ।
फोटोः खिम लामिछाने “काजी”
२०७३ साउन १
Post a Comment