Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रुपन्देही–जिल्ला एक परिचय

–दामोदर पंगेनी

एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ ।
राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र धवलागिरी लगायतका अन्य अञ्चलवाट समेत बसाईसरेर आउने क्रम अत्यधिक रहेकोले यस जिल्लाको जनसंख्या बृद्धिदर ३.०६ प्रतिशत प्रतिवर्ष तथा नेपालमै अन्य जिल्लाको तुलनामा उच्च जनघनत्व प्रतिवर्गकिमी ५२१ रहेको छ ।
पर्यटन उद्योगको प्रशस्त सम्भावना र महत्व बोकेको जिल्ला रुपन्देहीमा अनगिन्ती बहुआयामिक पर्यटकीय स्थल रहेका छन् । ती मध्ये सन् १८९६ डिसेम्वर १ मा प्रसिद्ध खोजकर्ता डा.ए.ए.फ्युहररले पत्ता लगाए पश्चात प्रचारमा आएको विश्वभरका बौद्धमार्गीहरुको चारधाम मध्येको एक–भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, आफ्नो राज्य विस्तारका लागि युद्ध गर्दा गर्दा आजित भएर शान्तिको खोजीका लागि भौतारिदा लुम्बिनी आएर शान्ति प्राप्त गर्ने भारतका सम्राट अशोकले इशापूर्व २४५ मा लुम्बिनी भ्रमण गरी लुम्बिनी लगायत स्थानमा बनाएका अशोक स्तम्भहरु, ऐतिहासिक कालमा पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको शितकालिन दरवार रहेको स्थान हालको ‘मणिमुकुन्दसेन उद्यान–फूलवारी’ तथा नेपाल तथा अंग्रेज बीचको युद्धमा अंग्रेज सेनाका मेजर जनरल उडलाई नेपाली बीर कर्नेल उजिरसिंहले पराजित गरी बहादुरी प्रदर्शन गरेको ऐतिहासिक जितगढी किल्ला तथा आराध्यदेव शिवको आराधना स्थल शिद्धवावालाई आफूमा समेटेको रुपन्देही जिल्लामा प्रचारमा आउन नसकेका फर्साटिकर (भगवान विष्णुका अवतार परशुरामले शत्रुको संहार गरी हिड्ने क्रममा आफ्नो हतियार ‘फर्सा’ टेकाएको स्थान), पर्रोहा–परमेश्वर बोलबम धाम, नैरनापुर शिवधाम, मानपकडी गाविसमा अवस्थित दरवाह (मध्यकालिन राजाको चमत्कारिक दरवार), भगवान गौतम बुद्धको मावली देवदह, शंकरनगर गाविसमा अवस्थित बनबाटिका, मानवपूर्खा ‘रामापिथेकस’को अवशेषस्थान तथा बुटवलको हिलपार्क आदि जस्ता महत्वपूर्ण स्थल प्रशस्त रहेका छन् । 
भौगोलिक रुपमा उत्तरमा चुरेपहाड पाल्पा, पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु जिल्ला तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्ने यस जिल्लाको पूर्वोत्तर भूभाग पहाडी क्षेत्र भएतापनि अधिकांश भाग समथर रहेकाले खाद्यँन्न तथा नगदेवाली प्रशस्त उब्जनी भई यो जिल्ला नेपालमा खाद्यान्न उत्पादनका लागि प्रसिद्ध रहेको छ । जिल्लामा ‘भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना–भैलुभुज’, १६÷३६ लगायतका कुलापानी समिति जस्ता सिचाई प्रणाली तथा तिनाउ जस्तै अन्य खोला–नदीमार्फत सिचाई सुविधा उपलब्ध गराईएको छ । जसले गर्दा कृषि प्रधान देश नेपालको प्रमुख खाद्यान्न बालीहरु धान र गहु“ तथा नगदेवाली तर्फ तोरी, आलु र अन्य तरकारी उत्पादनमा यो जिल्ला नेपालमै अग्रणी रहेको छ । यस जिल्ला नगदेवाली आलु उत्पादनमा नेपालमै छैठौं स्थान हासिल गर्न सफल रहेको छ ।
नेपालका प्रमुख औधोगिक क्षेत्रमध्ये पर्ने बुटवल औधोगिक क्ष्ँेत्र रहेको यस जिल्लाको सुनौली–वेलहिया नाका नेपाल–भारत विचको प्रमुख ब्यापारिक नाका हो । यस नाकाले नेपाल–भारत तथा नेपाल र तेस्रँे मुलुकबीच हुने व्यापारको महत्वपूर्ण हिस्सा ओगट्दछ । रुपन्देही जिल्ला नेपालको प्रमुख औधोगिक–ब्यापारिक स्थान भएता पनि यो जिल्ला अन्य विभिन्न परिचय कायम गर्न सफल रहेको छ । पत्रकारिताको क्ष्ँेत्रमा नेपालमै ‘निजी क्षेत्रबाट निरन्तर प्रकाशित पहिलो दैनिक पत्रिका– लुम्बिनी’ तथा ‘काठमाडौं उपत्यका वाहिरको पहिलो एफ.एम. रेडियो–रेडियो लुम्बिनी’ सहित हाल ७ वटा एफ.एम. स्टेशन, ७ वटा दैनिक पत्रिका तथा १० भन्दा वढी साप्ताहिक र पाक्ष्ँिक पत्रिकाहरु र सामुदायिक ईम्मोड टेलिभिजन सञ्चालन गरी देशको सञ्चारक्ष्ँेत्रमा गरेको योगदानले मात्र रुपन्देहीलाई “पत्रकारितामा मोफसलको राजधानी” भन्ने परिचय प्रँप्त भएको हो । त्यतिमात्र नभएर नेपालको प्रमुख शैक्ष्ँिक केन्द्रको रुपमा प्रसिद्ध रुपन्देही जिल्लामा प्रशस्त मात्रामा शैक्षिक संस्था रहेका छन् । उच्च मा वि शिक्ष्ाँ परिषद् स्थापनाकाल २०५० सालमै खुलेको जिल्लाकै पहिलो उच्च मा वि श्री फर्साटिकर उच्च मा वि सहित ५८ उच्च मावि तथा २ वटा त्रिविका आंगिक क्याम्पस सहित १० भन्दा वढी त्रिविविका सम्बन्धन प्राप्त क्याम्पस र लुम्बिनी विश्वविद्यँलयले यस जिल्लामा शिक्षा सेवा पु¥याईरहेका छन् । त्यसैको फलस्वरुप जिल्लाका विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरु प्रवेशिका तथा अन्य विभिन्न स्तर र तहका परीक्ष्ाँमा देशमै अब्बल स्थान हासिल गर्न सफल भई जिल्लाकै शिर उच्च पार्न सफल छन् ।
यी सवै परिचय र विकासका सम्भावना बीच पनि रुपन्देही जिल्लामा अनेकौं समस्याहरु रहेका छन् । जिल्लाको शिक्ष्ाँ क्ष्ँेत्रमा प्रशस्त सेवा र सुविधा प्रँप्त भएता पनि ति अधिकांश सेवा सुविधाहरु जिल्लाको उत्तरी भेग र सहरीक्षेत्रमा मात्र बढी केन्द्रीत रहेका छन् । जिल्लाको साक्ष्ँरतालाई हेर्ने हो भने महिला र पुरुष साक्षरता प्रतिशतमा निकै भिन्नता रहेको छ । बर्तमान महिला पुरुष बीच समानताको युगमा महिला र पुरुषमा ३० प्रतिशत सम्मको साक्ष्ँरतामा फरक पर्नु भनेको लै·िक र मानव विकासका दृष्टिकोणले लाजमर्दो कुरा हो । त्यस्तै गरी जिल्लाको उत्तरी भेगमा रहेको जनसंख्या सेवा सुविधा प्राप्त गर्न सफल छ भने आदिवासीको बाहुल्य रहेको जिल्लाको दक्ष्ँिणी र पश्चिमी भूभागमा रहने जनसंख्या सेवा–सुविधा विहिन अवस्थामा बा“च्न विवश रहेको छ । जिल्लाका दक्षिणी र  पश्चिमी गाविसमा न त राम्रँे यातायातको सुविधा उपलब्ध रहेको छ न त त्यहा“ उचित शिक्षाको लागि विद्यालय र क्याम्पसहरुको उपलब्धता छ ।
भारतले एकतर्फी रुपमा निर्माण गरेको रसियावाल–खुर्दलोटन बा“धको कारणले बर्षेनी ठुलो भूभाग डुवानमा परी यस जिल्लाको कृषि उत्पादनमा ह्रास आईरहेको छ । राजस्वको लोभले वातावरणीय प्रभावको मूल्यांकनै नगरी जिल्लाका तिनाउ लगायतका नदीबाट दैनिकरुपमा सयौं ट्रक गिट्टी, बालुवा जस्ता नदीजन्य वस्तु भारत तर्फ निकासी गर्दा नदीहरुको गहिराई बढ्न गई कृषकहरुलाई सिचाई गर्न समस्या पर्न थालेको छ । यसले केही वर्ष पछि ठुलो समस्या उत्पन्न गराउने निश्चित छ । त्यस्तैगरी साधन सम्पन्न जिल्ला भएता पनि सरोकारवाला पक्षले उपयुक्त ध्यान पु¥याउन नसक्दा वर्षेनी तिनाउ नदीको बाढीले धेरै धनजनको क्षति पु¥याउने गरेको छ ।
अझ दुखको कुरा यति धेरै संख्यामा पर्यटकीय स्थल हु“दा–हु“दै पनि ती पर्यटकीय स्थलको देशविदेशमा उपयुक्त प्रचार प्रसार हुन नसकी अपेक्ष्ँित संख्यामा पर्यटकको आगमन हुन सकेको छैन । पर्यटन जस्तो दीर्घकालिन रुपमा विकासको दिगो स्रँेत उपलब्धता हुँदाहुँदै पनि ती स्रोतहरु उपयोग गर्न नसक्दा ‘बुझ्नेलाई श्रीखण्ण्ड, नबुझ्नेलाई खुर्पाको बिंड’ जस्तो हुन पुगेको छ । काठमाडौं देखि समान दुरी र सुविधामा रहेको अर्को पर्यटकीय स्थल पोखरामा जति पर्यटक भित्राउन नसक्नु यस जिल्लाका बासिन्दाका लागि सोचनीय विषय हो । विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको तिर्थस्थल लुम्बिनीमा पर्याप्त गृहकार्य गर्न नसक्दा यस जिल्लाको पर्यटन उद्योग पछिपरिरहेको छ । एक अरव भन्दा बढी जनसंख्या रहेको उत्तरको छिमेकी देश चीनमा लुम्बिनीको बारेमा उल्लेखनीय प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकको संख्यामा उल्लेखनीय बृद्धि हुनसक्दछ । त्यसका साथै विश्वभरका मानवशास्त्री, समाजशास्त्री, इतिहासकार तथा प्राणीविज्ञानका जिज्ञासुलाई खोजीको विषय हुने प्राचीन मानव रामापिथेकसको अवशेष बुटवलमा हुँदा पनि त्यसको समेत प्रचार गर्न नसकेकाले त्यसका विद्यँर्थी र अनुसन्धानकर्ता आकर्षित हुन नसकेको तितो यथार्थ हामी सामू रहेको छ । ‘बोल्नेको पिठो विक्छ नबोल्नेको चामल पनि विक्दैन’ भनेझै पर्यटन उद्योग पनि प्रचार प्रसार गर्न सकेमा मात्र फस्टाउने हुनाले यस्ता अनेकानेक सम्भावना र परिचय बोकेको जिल्ला रुपन्देहीका सम्पदालाई विश्वभर प्रचार प्रसार गर्न सकेमा यस जिल्लाले अझ प्रगति गर्न सक्ने थियो ।
तेस्रो आयाम
रुपन्देही जिल्ला र तेस्रो अंकको निकै अनौठो सम्बन्ध रहेको छ । रुपन्देही जनसंख्याको (७,०८,४१९) आधारमा काठमाडौं र मोरङ पछि नेपालको तेस्रो ठूलो जिल्ला हो । कृषिउत्पादन तर्फ नेपालको प्रमुख खाद्यँन्नवाली धानको उत्पादनमा मोरङ र झापा जिल्ला पछी नेपालमै सवभन्दा बढी धान उत्पादन गर्ने तेस्रो जिल्ला हो । धान मात्र होइन अर्को प्रमुख बाली गहुँ उत्पादन गर्ने जिल्ला मध्ये पनि बारा र कञ्चनपुर पछी तेस्रो वढी उत्पादन गर्ने जिल्ला रुपन्देही हो । जसमा रुपन्देहीले देशको कुल उत्पादनमा धान ४.८५ र गहुँ ४ प्रतिशत हिस्सा उत्पादन गर्ने गर्छ । त्यस्तै भौगोलिक रुपमा रुपन्देही जिल्ला लुम्बिनी अञ्चलमा पर्ने ६ जिल्ला मध्ये क्षेत्रफलको आधारमा तेस्रो सानो जिल्ला हो । त्यस्तै गरी जनसंख्याको आधारमा पश्चिमाञ्चल विकासक्षेत्रमा रहेका १२ नगरपालिका मध्ये रुपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिकाको जनसंख्या ५२,५६९ तेस्रो वढी जनसंख्या हो भने रुपन्देही जिल्लाको अर्को नगरपालिका बुटवल नगरपालिका पश्चिमाञ्चल विकासक्षेत्रका १२ नगरपालिका मध्ये क्षेत्रफल (६९.२८ वर्ग किमी) को आधारमा स्याङजाको पुतलीवजार र कास्कीको लेखनाथ नगरपालिका पछी तेस्रो ठुलो नगरपालिका हो । 
–२०६७ सालमा लेखिएको लेख।
(विभिन्न सन्दर्भ सामाग्रीको सहयोगमा)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget