Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एक चिहान : एक–सोह्र परिच्छेद

एक चिहान : एक–सोह्र परिच्छेद
 हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी स्रष्टा हुन् । उनले रचेको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि राखिएको छ । यस उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठीका बनाएको छ । यस उपन्यासमा काठमाडौँको ज्यापू समाजको यथार्थ चित्रण गरको पाइन्छ । ज्यापूहरु तलसिङको जग्गा आवादी गरेर जीविका चलाउँछन् । नेपालमा बेध, धामी, झाँक्री, डाक्टर देखाउने प्रचलन विस्तारै विकसित हुँदैछ । चाडपर्वमा फजुल खर्च गर्ने प्रचलनमा ज्यापूहरु विस्तारै सक्रिय भएका छन् । अन्तर जातीय विवाह, भोजभतेरमा कटौती र प्रगतिशील सोचमा क्रमशः विकाश हुँदै गरेको संकेत देखाइएको छ । यहाँ शोषक र सामन्तवादको नै बहुमत छ । शोषित र पीडितहरु दुःख कष्टमा बाच्न बाध्य छन् । उनको बेदना बुझ्ने कोही देखिदैन । 

पात्र परिचय
१. शिवनारान
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् । 
२. नानीथकुँ
नानीथकुँ उपन्यासमा प्रमुख नारी पात्रका रुपमा परिचित छ । ऊ अष्टनारानकी छोरी र शिवनारानहरुकी बहिनी हो । गोरो अनुहार १७ वर्षे सारै हिसी परेकी बैंसले धप्प बलेकी सुन्दरी छ । सरल र निश्चल भएकीले डा. गोदत्तप्रसादको बलात्कारको सिकार भएकी छे । ऊ सकारात्मक छे । उसले तराईबासी खेलावन राउतसँग अन्तर जातीय विवाह गर्छे । ऊ बलात्कृत भई कुमारीत्वबाट नानीथकुँ बञ्चित भएकी छे । 
३. डाक्टर गोदत्त प्रसाद
गोदत्तप्रसाद खलनायक हो । ऊ सरकारी अस्पतालमा काम गर्छ । घरमा पनि क्लिनिक चलाउँछ । तीन छोराछोरीको बाबु रञ्जनादेवीको लोग्ने हो । भित्री कुटिल चाल चल्ने बलात्कारी धोकवाज, भ्रष्ट अनैतिक, निर्दयी चरित्र भएको स्वार्थी नकारात्मक देखिन्छ । उसो व्यक्तिगत चरित्र छ । 
धनीको जीवन
१ धनीको जीवन सुख, सरल र मस्तीमा बित्ने । 
२ धनीहरु मोज मस्ती दिन बिचाउँछन् । 
३ धनीले रोषरवाफ र आनन्द लिन्छन् । 
४ धनीको जाल–झेल गर्ने आदत हुने ।
५ धनीका जीवनलाई समाजले आदर्श मान्ने । 
गरीबको जीवन
१ गरीबको जीवन दुःख, कष्ट र अभावमा बित्ने ।
२ गरीबहरु कडा परिश्रम गरेर दिन बिताउँछन् । 
३ गरीबहरु धनीहरुलाई देखेर लोभिन्छन् । 
४ गरीब इमान्दार र कर्मठ हुन्छन् । 
५ गरीबलाई यथार्थको रुपमा हेरिन्छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget