Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संसदको जोडघटाउः प्रचण्डले प्रधानमन्त्रीमा कति भोट पाउलान् ?

Prachanda sarkar final
१७ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा आजबाट बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । नयाँ प्रधानमन्त्रीका लागि बुधबार व्यवस्थापिका संसदमा मतदान हुनेछ ।
सहमतीय सरकार गठनको प्रयास असफल भएपछि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न संसदलाई आहृवान गरेकी छन् ।
राष्ट्रपतिको पत्र आएपछि सोमबार दिउँसो ३ बजे बस्ने संसदको बैठकले चुनावी प्रक्रिया सुरु गर्नेछ । संसद सचिवालयको तयारी अनुसार १९ गते बुधबार प्रधानमन्त्रीको चुनाव हुनेछ ।
र, कुनै उथलपुथल नभए १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुने लगभग निश्चित छ ।
यस्तो छ संसदको अंकगणित
व्यवस्थापिका संसदमा हाल ५९५ सांसद छन् । प्रधानमन्त्रीमा निर्वाचित हुन प्रचण्डलाई २९८ मत आवश्यक पर्छ । र, यो मत सहजै पुग्ने देखिएको छ । प्रचण्डको आफ्नो दल माओवादी संसदको तेस्रो ठूलो दल हो । माओवादीसँग ८१ मत छ । उससँग ८४ सांसद रहेकोमा डा. बाबुराम भट्टराईले संसद सदस्य परित्याग गरिसकेका छन् भने ल्हारक्याल लामा निलम्बनमा छन् ।
माओवादीबाट निर्वाचित सांसद ओनसरी घर्ती हाल सभामुख भएकाले उनले पनि मत दिने छैनन् ।
Prachanda sarkar final
प्रचण्डलाई संसदको ठूलो दल नेपाली कांग्रेसको साथ छ । कांग्रेससँग २०७ सांसद छन् । कांग्रेस र माओवादीको मत जोड्दा २८८ मत हुन्छ । त्यसमा २९८ मत पुग्याउन प्रचण्डलाई थप १० भोट मात्रै चाहिन्छ ।
प्रचण्डले मधेसी मोर्चाको मत पाउने पक्काजस्तै छ । मधेसी मोर्चामा सात दल छन् र उनीहरुसँग ३९ मत छ । संघीय समाजवादी फोरम (१५), तमलोपा (११) सदभावना (५) रामसपा (३), तमसपा (३), फोरम गणतान्त्रिक (१) र संघीय सद्भावना (१) छन् ।
मधेसी मोर्चासहितको संघीय गठवन्धनमा संसदमै रहेको थरुहट तराई पार्टी र नेपा पार्टी पनि छन् । थरुहटका दुई र नेपा पार्टीका एक सांसद छन् । यो समेत जोड्ने हो भने मधेसी मोर्चासहितको संघीय गठवन्धनबाट प्रचण्डले कुल ४२ मत पाउनेछन् ।
त्यस्तै १४ सांसद भएको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र १२ सिट भएको राप्रपाले पनि प्रचण्डलाई मत दिनेछ । यद्यपि राप्रपा कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको एकता प्रक्रियामा छ ।
संसदमा ३ सिटको प्रतिनिधित्व गर्ने नेकपा संयुक्त अविश्वासको प्रस्तावको समर्थक नै भएकाले यो मत पनि प्रचण्डले पाउनेछन् ।
यसबाहेक संसदमा एक/एक सीट भएका दलहरु अखण्ड नेपाल, खम्बुवान नेपाल, जनजागरण पार्टी, समाजवादी जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, दलित जनजाति पार्टी (लोकतान्त्रिक) र एक स्वतन्त्र सांसद पनि प्रचण्डकै पक्षमा छन् ।
यो सबै मत जोड्दा यदि समर्थन गर्ने सबै दल उपस्थित भएर मतदान गरे भने प्रचण्डले ३६६ मत पाउनेछन् ।
को-को छन् प्रचण्डको विपक्षमा ?
अहिले सरकारमा बसिरहेको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । तर, उसले प्रचण्डको विरुद्धमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन ।
संसदको दोस्रो ठूलो दल एमालेसँग १८२ सांसद छन् । यसबाहेक अहिले केपी ओली नेतृत्वको सरकारमा रहेका नेकपा माले (५), नेमकिपा (४), राष्ट्रिय जनमोर्चा (३), राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक (२), नेपाल परिवार दल (२) र मधेस समाता पार्टी नेपाल (१) प्रचण्डको विपक्षमा उभिने देखिन्छ ।
राप्रपा नेपाल अझै अनिर्णित
ओली सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका कमल थापा नेतृत्वको राप्रपा नेपालले कसलाई मतदान गर्ने भन्ने अझै निर्णय गरिसकेको छैन । पार्टी एकता प्रक्रियामा रहेको राप्रपाले प्रचण्डलाई समर्थन गर्ने भनेकाले दुई दलको छलफलपछि मात्रै निर्णय गर्ने राप्रपा नेपालले बताएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापासँग आइतबार भेट गरेर प्रचण्डले आफूलाई मत दिन र सरकारमा आएर मिलेर काम गर्न प्रस्ताव राखिसकेका छन् । यसबारे सोमबार राप्रपा नेपालका सचेतक दिलनाथ गिरी र माओवादी नेता कृष्णबहादुर महरावीच छलफल हुँदैछ भने दुई राप्रपाका नेताहरुले पनि आपसी सँवाद गर्दैछन् । प्रचण्डलाई भोट दिने/नदिनेबारे राप्रपा नेपालको मंगलबार दिउँसो बस्ने संसदीय दलको बैठकबाट टुंगो लगाउने प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए ।
यसैगरी दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि अहिलेसम्म अनिणिर्त अवस्थामा छन् । पासवान ओली सरकारमा विज्ञान मन्त्री थिए ।
त्यसैगरी संसदमा एक सीटमात्रै रहेको नेपाली जनता दलले पनि कसलाई भोट दिने भन्ने खुलेको छैन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget