Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भलादमी

भलादमी
निबन्धकार देवकोटा साहित्य भलाद्मीलाई पनि व्यङ्ग्यको तारो बढाउन पछि परेका छैनन् । निबन्धकारले साहित्यकारलाई सटीक पाराले व्यङ्ग्य हान्ने काम गरिएको पाइन्छ । उनले साहित्यक निबन्धका बारेमा लोकप्रियता र देखावटमा लाग्ने बोक्रे कवि या लेखकहरु विचार र शब्दलाई छाडेर अलङ्कारका पछि लागेमा साहित्यका भलाद्मी बन्छ भन्ने पाइन्छ । निबन्धकार देवकोटाको यस भलाद्मी निबन्धले विशेष गरेर मानवीय कमजोरीको तीव्ररुपमा व्यङ्ग्य गरेको देखिन्छ । यस व्यङ्ग्यात्मक निबन्धमा ज्ञानीभन्दा बोक्रे र आडम्बरी व्यक्तिलाई प्रहारको निसाना बनाइएको देखिन्छ । जसले ज्ञान आर्जन गरेको छैन । ऊ परिधानमा रमाउँछ र सडकका गल्लीहरुमा तडकभडक गर्दै हिँड्छ । यस्ता बोक्रे व्यक्तिलाई गल्लीका भुस्याहा कुकुरले पनि भुक्दैन भनेका छन् । ज्ञान आर्जन गरेको व्यक्ति उपकारी, नम्र र नक्कली भलाद्मी आडम्बरी भई दुनियाँलाई झुक्याउँदै हिँड्छन् भन्ने अभिव्यक्ति उनले यस निबन्ध मार्फत व्यक्त गरेका छन् । सच्चा र इमान्दार व्यक्ति बाह्य परिधानभन्दा आत्मशुचितिर लाग्दछ । उत्तर घस्ने चस्मा पहिरने र छडी हल्लाउँदै रबाफ देखाउँदैन भन्दै शिक्षक, साहित्यकार सबैलाई सटीक र सरल पाराले व्यङ्ग्य हान्ने काम उनले गरेका छन् । 
सच्चा र इमान्दार व्यक्ति बाह्य परिधानभन्दा आत्मशुचितिर लाग्दछ । शील स्वभाव र आनीवानी राम्रा भएको व्यक्ति बाह्य तडकभडक र विज्ञापन गर्दैन । जो चैते स्वभावका छन् उनीहरु रङ्ग र रेशममा विश्वास गर्छन् र उत्तर छर्केर दुनियाँमा विज्ञापन गरी हिँड्छन् । यो जमाना नक्कलीको हो । जुन मेघ बर्सदैन त्यसले बढी गड्याङ्गुडुङ गर्दछ भनेझैँ नक्कली जमानाका मानिसहरु विद्याको सर्टिफिकेट कोठाको बाकसमा थन्काएर बाह्याडम्बर गर्दै हिँड्छन् । उनीहरु माडवारी, सूचीकार, कस्मेटिक पसल जहाँ फेसन पाइन्छ त्यही धाउँछन् । यस्ता नक्कली मानिसहरुको संख्या दिनानुदिन बढ्दै छ । तर सक्कली महात्मा पछाडि परेका छन् । अहिले जमाना नक्कलीको छ । यस्तो समयमा सही माहात्मा छुट्याउन कठिन छ । यो हाम्रो विडम्बना पनि हो ।

 “सामाजिक उत्थानमा महिलाको भूमिका”
महिला र पुरुष समाज नाम गरेको स्थका दुई पाङ्ग्रा हुन् । समाजमा पुरुषको जति अधिकार छ महिलाको पनि त्यति नै अधिकार हुनुपर्दछ । लैङ्गिक असमानताका आधारमा नारीलाई शोषण गर्नु हेप्नु र उत्पीडित गर्नु अमानवीय व्यवहार हो । पुरुष शिक्षित भए व्यक्ति शिक्षित हुन्छ तर नारी शिक्षित भई भने सिङ्गो परिवार शिक्षित हुन्छ । त्यसैले व्यक्ति परिवार र समाजको उत्थानमा महिलाको भूमिका उल्लेखनीय छ । आधी आकाश ओगट्ने महिला रहेको हाम्रो समुदायको विकाशमा महिलाको ठूलो योगदान र भूमिका रहन्छ । तसर्थ महिलालाई घर आँगनमा मात्र सिमित नराखेर समुदायको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रहरुमा उपेक्षित सहभागी बनाइ अगाडि बढाउन प्रयत्न गर्नुपर्छ । 
महिलाहरुको सक्रिय सहभागिताविना सामाजिक उत्थान सम्भव नहुनेहुँदा महिला सहभागिता बढाउन सम्बन्धित निकायले पनि ध्यान दिनुपर्दछ । राज्य सञ्चालन प्रक्रियालाई लैङ्गिक समानतामूलक बनाउन महिला सहभागिता अनिवार्य हुन्छ । आधाभन्दा बढी जनसंख्या हुँदा पनि राज्य सञ्चालनमा महिलाको सहभागिता अत्यन्त न्यूनछ । हाम्रो परम्परा र संस्कार तथा खुम्चिएको सोचले महिलाहरु पछि परेका हुँदा यसका लागि समाजमा पर्याप्त ज्ञान र सीप सहितको महिलालाई अगाडि बढ्न र हौसला मिल्ने कार्यक्रम तथा महिलाको हितमा सूचना आवश्यक देखिन्छ । अयो आर्जन तथा सामुदायिक भूमिकामा महिला सहभागितालाई प्रेरित गर्नु पर्ने हुन्छ । अझ राजीतिक क्रियाकलापमा महिला सहभागिता अझ बढी आवश्यक छ । सामाजिक विभेद महिला उत्थानका निम्ती बाधक बनेको हुँदा राज्यको यस्ता सामाजिक विभेद प्रति सम्बन्धित कडा नीति नियम बनाउनु पर्ने देखिन्छ । सामाजिक तथा कानुनी दृष्टिले महिला शसक्तिकरणको आवश्यकता आजको ठूलो माग हो । यसलाई पुरा गर्नु पर्ने देशको दायित्व पनि हो । त्यसैले सामाजिक उत्थानका निमित्त महिलाको भूमिका बढाउन हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउँ
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget