Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

स्थान परिचय : धादिङ जिल्लाः संक्षिप्त परिचय



धादिङ नामाकरणः
धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा “धा” भनेको देवता र “दिङ” भनेकोआगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहाँ बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम “धादिङ” रहन गएको हो भन्ने जनश्रुती रहेको पाइन्छ ।
अवस्थितिः
मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बाग्मती अाचलको पश्चिममा रहेको पहाडी जिल्ला धादिङ मनोरम प्राकृतिक दृष्यहरुले भरिपूर्ण रहेको छ । भौगोलिक स्थिति अनुसार यो जिल्ला २७०४०ु उत्तरी अक्षांसदेखि २८०१७ डिग्री उत्तरसम्म र ८४०३५ डिग्री पूर्वी देशान्तरदेखि ८००१७ डिग्री पूर्वी
देशान्तरको बीचमा रहेको छ । कूल क्षेत्र ७३ ठघण्सल १९२४८४ हे। १९२४।९ वर्ग कि।मी। रहेको यस जिल्लाको पूर्वमा काठमाडौं नुवाकोट र रसुवा जिल्ला पश्चिममा गोरखा जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मकवानपुर तथा चितवन जिल्लाहरु रहेका छन् ।
भौगोलिक स्वरुपः
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ । उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ । यस जिल्लामा लेक बेंसी नदीनाला टार ७३ठघण्साँटहरु रहेका छन् । यस जिल्लाको सबैभन्दा अग्लो स्थान पाविल हिमाल ७११० मी। र सबैभन्दा होचो ठाउँ जोगीमारा ३०० मी। मा रहेको छ भने सदरमुकाम धादिङबेंसी ६४० मी। को उचाइमा रहेको छ ।
भौगोलिक बनावटः
धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ । न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ । त्यसैगरी त्रिशुली नदी आँखु नदी थोप्पल खोला लगायत पश्चिममा बगेको बूढी गण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरु पर्दछन् । नेपालका चर्चित टारहरुमध्येको एक टार सल्यानटार बूढी गण्डकी र आँखु नदीको बीचमा रहेको छ । त्यसैगरी जिल्लामा ससाहटार कल्लेरीटार पिपलटार गजुरीटार फिसफिसेटार विशालटार रिचोकटार जस्ता प्रशस्तै टारहरु र बेंसीहरु रहेका छन् ।
नदीनालाः
त्रिशुली नदी आँखु नदी थोप्पल खोला आँसी खोला कोशी खोला महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरु यस जिल्लाभित्र रहेका छन् । त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ ।
हावापानीः
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ । होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरुमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ ।
खानीः
यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढु¨ा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरु रहेका छन् ।
बजारहरुः
यस जिल्लाको धेरैजसो बेंसी ७३ठघण्साँट तथा टारहरुमा बजारको विकास भएको छ । यहाँ रहेका बजारहरुमा धादिङबेंसी आरुघाट विशालनगर किन्ताङ७३ठघण्सेंदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने आदि रहेका छन् ।
प्राकृतिक एवं ऐतिहासिक स्थलहरु
धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला हिमशिखरहरु ताल झरनाहरु गुफाहरु जैविक विविधता वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन्।
चमेरे गुफाः      यो गुफा खाल्टे गा वि स को वडा नं। ५ र ७ को बीचमा रहेको नागढु‌गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ । सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्धितीय वरदानको रुपमा लिनुपर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो गुफाको गेटमा खानेपानी धारो र एउटा शिवमन्दिर निर्माण गरिएको छ ।
सिद्धलेकः      नलाङ गा। वि। स। वडा नं। १ र सलाङ गा। वि। स। वडा नं। ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महŒवपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ । त्यसकै साथमा रहेको १५२५ मि। अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा। वि। स। हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन् ।
ज्वालामुखीः     चैनपुर गा। वि। स। वडा नं। ८ र मुरलीभाज्याङ गा। वि। स। वडा नं। ९ को बीचमा झण्डै १४०० मी। उचाइमा अवस्थित ज्वालामुखी महŒवपूर्ण ऐतिहासिक स्थलको रुपमा रहेको छ । सो स्थलबाट आ७३टघठद्धघसनो काखैमा रहेको समतल भूमी एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पूर्व एवं पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ भने उत्तरत७३ठघण्स्र थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ । यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गा। वि। स। हरु देख्न सकिन्छ । यस स्थलमा शिवरात्रीमा मेला लाग्ने गर्दछ ।
गुप्तेश्वरी गुफाः   कल्लेरी गा। वि। स। को वडा नं। ९ अन्तर्गत पर्ने मुलाबारी गाउँको माथी नौ डाँडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाँबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गु७३ठघण्साभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मूर्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।
गंगा जमुनाः     फुलखर्क गाउँ विकास समितिको वडा नं। ४ मा पर्ने ढाँडखर्क सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा ७३ठघण्सर्केको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी। को हाराहारीमा पर्ने गंगा र जमुना नाम रहेको ठाउँमा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मूर्तिहरु देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले झनै आकर्षण थपेको छ । गंगा जमुनाकै साथमा करिब २०० मी। पर परिश्चम पट्टि रहेको कुकुर धाराको आ७३टघठद्धघसनै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने िकंवदन्ती रहेको छ ।
त्रिपुरासुन्दरी मन्दिरः   सल्यानकोट गा। वि। स। वडा नं। ५ मा रहेको यो मन्दिर एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा ७३ठघण्साँटमा हरियाली दृश्यहरु देखिन्छन् भने उत्तर त७३ठघण्स्र रहेका उच्च हिम शिखरहरु र अन्य प्राकृतिक दृश्यहरुका साथै ऐतिहासिक स्थलहरु देख्न सकिन्छ ।
खर्के डाँडाः     यो नौबिस गा। वि। स। वडा नं। ६ मा रहेको महŒवपूर्ण रमणीय पार्क हो । अन्दाजी १५० रोपनी जग्गामा उत्तर-दक्षिण लम्बिएको आकारमा ७३ठघण्सैलिएको यो पार्क काठमाडौंबाट नजिकै त्रिभुवन राजपथसँग जोडिएको छ । नजिकै रहेको सुगुरे सामुदायिक वनले यसको आकर्षणलाई अझै बढाएको छ ।
मलेखु मजुवा पुष्पलाल स्मृति पार्कः     गजुरी गा। वि। स। वडा नं। २ को गोल्मारानी ढाँडमा यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २०० मि। जतिको दूरीमा मधुमति मलेखु र त्रिशुली नदीको संगम स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी जति क्षेत्रफल ओगटेको छ ।
मण्डली माईः    ढोला गाविस वडा नं। २ मा अवस्थित मण्डली माईको मन्दिर एक चर्चित धार्मिक स्थल हो । यहाँ हरेक मंगलबार बाख्राको पाठी बली चढाई पूजा-आजा गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । सालको वनको बीचमा रहेको यो मन्दिरमा महिलाहरु जान नहुने धार्मिक विश्वास रहेको छ ।
यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी तातोपानी मूल झार्लाङ भैरवी मन्दिर सुनौलाबजार जस्ता प्रशस्तै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget