Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आइमाई साथी

दृष्टिकोण
यस ‘आइमाई साथी’ निबन्धमा, निबन्धकारको प्रगतिशील विचार व्यक्त भएको दृष्टिकोण प्रस्तुत पाइन्छ । प्रगतिशील विचार राख्ने साथीहरु नै सिद्धान्तका पुजारी भएकाले निबन्धकारले तीव्र व्यङ्ग्य गरेका छन् । यो व्यङ्ग्य भनाइ र गराइ प्रति तालमेल नमिलेको प्रति लक्षित देखिन्छ । हाम्रोजस्तो पुरुष प्रदान समाजमा आइमाई साथी कम हुनु स्वभाविक देखिन्छ । निबन्धकारले आत्मनिरीक्षणको शैलीमा आफ्ना पुरुष साथीहरुका तुलनामा आइमाई साथी कम भएकोमा आत्माग्लानी गरेका छन् । साहित्य र राजनीतिजस्ता कुरामा आइमाई कम हुनु नेपाली समाजमा नारी र पुरुषका बीचको भेदभावपूर्ण व्यवहार स्पष्ट हुन्छ । यस निबन्धले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, मधेश, पर्वत र उपत्यकासम्म फिजिएका साधारण नेपाली नारीमा जागृति ल्याउन सकिने दृष्टिकोण निबन्धकारको रहेको छ । 
निबन्धकारलाई आइमाई साथी त बनाएको तर लोकापवादका कारण त्यो मित्रता दिगो नभएको खुलासा गर्न पुगेका छन् । उनी समुद्रपारिका नारीलाई साथी बनाउन सजिलो हुने तर आफ्ना देशका नारीलाई साथी बनाउन साह्रै गाह्रो हुने यथार्थता व्यक्त गर्न पुगेका छन् । यथावसरमा टुँडिखेलमा भेट भएकी युवती र बाटोमा पानी पर्दा भेट भएकी केटीका तुलना गरेका छन् । त्यस्तै स्कुल, कलेज पढ्ने केटीहरु प्रारम्भमा जिज्ञासु भएपनि बाटोमा भेट हुँदा मुन्टो तर्काएर हिँड्ने गरेको यथार्थता कोट्याउँदै पत्रमित्रको प्रसङ्गलाई उजागर गरेका छन् । त्यसमा पनि प्रगतिशील बाबुले छोराको चिठी दिने र छोरीको चिठी लुकाउने, प्रगतिशील साथीहरुका घर जाँदा पत्नी, बहिनीलाई परिचय नगराउने तीतो यथार्थ यहाँ प्रस्तुत गरिएको छ ।

 
आइमाई र पुरुष
आइमाई र पुरुष भनेको समाजरुपी रथका दुई पाङ्ग्रा हुन् । एकको अभावमा अर्काे अपाङ्ग छ । समाजमा पुरुषको जति अधिकार नारीको पनि त्यति नै हुनुपर्दछ । आइमाईले पुरुष र पुरुषले आइमाई साथी बनाउनु उत्तम हो तर त्यस्तो साथी बनायो भन्दैमा प्रेम गर्न खोज्नु घृणित कार्य हो । साथी भनेको सुख–दुःख, आपत् विपत्मा साथ दिने व्यक्ति हो । आपसी सदाचा सद्भावमा साथीत्व सम्बन्ध फष्टाउँछ । जब स्वार्थप्रेरित मित्रता गरिन्छ तब सम्बन्धमा चिसोपन कुठाराघात हुन सक्छ । एक आपसमा सहयोगी भावना भए विपरित लिङ्गमा पनि साथीत्व अपरिहार्य हुन्छ । मानवीय सद्व्यवहार र मित्रतामा आफ्नो व्यक्तित्व विकास गर्न सकिन्छ । त्यस्तो मित्रतामा कुनै आइमाई प्रति कु–विचार नरहोस् वा आइमाईको पुरुष प्रति पनि कुलषित नहोस्, त्यसपट्टि पनि दृष्टिगत गर्न आवश्यक मानिन्छ । विपरित लिङ्गलाई साथी बनाउँदैमा मनोकांक्षा कुण्ठित हुन्छ भन्नु आत्मलाई चिन्न नसक्नु हो । त्यसैले आइमाईले पुरुष र पुरुषले आइमाई साथी मैत्रीभाव निःस्वार्थ रुपले बनाउनु पर्छ । अन्तत, महिलाले पुरुष र पुरुषले महिला साथी बनाउन हच्किनु हुँदैन । 
परिवर्तन 
“आइमाई साथी” निबन्धका आधारमा त्यो समय र हालको समयमा आमुल परिवर्तन आइसकेपछि यो तत्कालीन नेपाली समाजमा नारी चेतनामा विकास नआइसकेकाले नारीहरु अझै पनि पुरुषसँग बोल्न हच्किने कतै कतै अझै पाइन्छ । तर समग्रमा अहिले धेरै जस्तो नारीहरु पुरुषसँग बोल्न धक मान्दैनन्, पुरुषसरह पुरुष साथी बनाउन, सँगै बसेर खान, एउटै कार्यालयमा काम गर्न, विदेश जान र वृत्ति विकास गर्न सक्षम भएका छन् । यसरी पाँच दशक पहिलेका नारी र समाज तथा आधुनिक सोच भएका नारी र समाजमा धेरै परिवर्तन आएको देख्न सकिन्छ । पहिलेका नारीहरु कुर्कुच्चा छोपेर, कपाल बाँधेर लजाउँदै हिँड्थे भने अहिलेका नारीमा शील स्वभाव र आचरणमा परिवर्तन आएको देखिन्छ । कता कता अझै पनि नारी र पुरुषको सोच खुम्चीएको पाइन्छ । त्यस समयको तुलनामा भने अहलिे आमूल परिवर्तन आएको र कालान्तरमा अझ परिवर्तन आई दुवैको सोचमा समानता आउने कल्पना गर्न सकिन्छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget