
३२ साउन, काठमाडौं । खुला दिसामुक्त घोषणाका लागि अनुगमन गर्न जाँदा लक्ष्मणपुर गाविसका एक युवकले सबैको अगाडि भने ‘शौचालय त बनाउँछौं । तर, गोलीस्इ हान्नु, शौचालयमा दिसा गर्न जान्न । ‘
शौचालय पनि बनाउने तर दिसा गर्न खेतमा जाने युवकको कुरा अचम्मको थियो । स्थानीय निकालये सेवा सुविधा रोकेर शौचालय बनाउन दबाब दिएको र अर्कोतिर शौचालय बनाएपछि जिल्ला विकास समितिले सोलार दिने घोषणा गरेको थियो ।
घरमा शौचालय बनाएपछि यी दुबै कुरा सहज हुने भयो । गंगापुर र भोटेहिया गाविस खुल्ला दिसामुक्त त भयो तर ४० प्रतिशतले अझै बाहिरै दिसा गर्ने गाविसम सचिव श्रीवास्तवले बताए ।
घरमा शौचालय बनाएपछि यी दुबै कुरा सहज हुने भयो । गंगापुर र भोटेहिया गाविस खुल्ला दिसामुक्त त भयो तर ४० प्रतिशतले अझै बाहिरै दिसा गर्ने गाविसम सचिव श्रीवास्तवले बताए ।
घरमा शौचालय भए पनि खेतमा दिसा गर्न जानेलाई कसरी रोक्ने भन्नेमा उनी चिन्तित देखिए । करकापमा शौचालय बनाउन लगाएपनि दिसा बसाउन भने सकिएको छैन ।
जिल्लाका सरोकारवालाल निकायले पहिला शौचालय बनाउन लगाउः विस्तारै दिसा गर्न सिकाउँला भनिरहेका छन् । सरसफाइसम्बन्धी चेतना जगाउन सकेमा व्यक्ति आफैले शौचालयभित्र दिसा गर्ने उनीहरुको बुझाइ छ ।
Post a Comment