Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

धादिङको उत्तरी भेगको कथामा ‘सिङ्ला माने’

काठमाडौं, २९ साउन । धादिङको उत्तरी भेगको तामाङ समुदायको रहन–सहन तथा कला–संस्कृतिलाई समेटिएर तामाङ भाषामा चलचित्र ‘सिङ्ला माने’ अर्थात् ‘मनकामना’ निर्माण भएको छ । कुमार शाक्यको निर्माण रहेको यो चलचित्र २ भदौमा बाजालुस्थित अष्टनारायण सिनेमा हलमा प्रिमियर हुँदैछ । निर्माता शाक्यका अनुसार चलचित्रमा तामाङ संस्कृति तथा ग्रामिण प्रेमकथा उनिएको छ ।
singla mane
चलचित्र ‘सिङ्ला माने’बारे जानकारी गराउन र दर्शकको प्रतिक्रियाका लागि प्रिमियर गर्न लागेको निर्माता शाक्यले बताए । उनका अनुसार ‘सिङ्ला माने’ एक तामाङ संस्कृतिप्रधान चलचित्र हो । यस चलचित्र धादिङ जिल्लाको उत्तरी भेगको तामाङ समुदायको रहन–सहन झल्काउँनेछ । साथै, त्यहाँको ग्रामिण प्रेमकथाले चलचित्र रोमान्टिक बनेको छ ।
singla mae 2
हरेक जातजातीको कला तथा संस्कृतिको उत्तिकै महत्व हुने भएकाले आफूले तामाङ चलचित्र निर्माण गरेको शाक्यले बताए । ‘यो मेरो पहिलो चलचित्र हो’ उनले भने, ‘यसपटक तामाङ कला–संस्कृतिमा आधारित चलचित्र निर्माण बनाएको छु, अर्कोपटक नेपालीमै बनाउने सोच छ ।’
चलचित्र ‘सिङ्ला माने’ को निर्देशन नरमान तामाङले गरेका हुन् । फापरे फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस चलचित्रलाई यसअघि धादिङ र नुवाकोटमा प्रिमियर गरिसकिएको छ । निर्माणपक्षका अनुसार त्यहाका दर्शकले चलचित्र रुचाएका थिए । आफ्नै समुदाय र गाउँठाउँको कथामा चलचित्र हेर्न पाउँदा धादिङ र नुवाकोटका दर्शक खुसी भएको ‘सिङ्ला माने’ की अतिथि कलाकार तथा गायिका छिम्मी माम्बाले बताइन् । उनले भनिन्, ‘धादिङ र नुवाकोटमा जतिले चलचित्र हेरे, सबैले रुचाए । अब काठमाडौंमा प्रिमियर गर्दैछौं । हेरौं, यहाँ कस्तो प्रतिक्रिया आउने हो ।’ उनले आउँदो १८ अक्टुबरमा ‘सिङ्ला माने’ को कतारमा च्यारिटी शो हुन लागेको पनि बताइन् । छिम्मीले भनिन्, ‘ल्होसारका लागि जापान र युकेमा पनि च्यारिटीका लागि कुरा भइरहेको छ ।’
singla mane 1
चलचित्र ‘सिङ्ला माने’ मा आरम्भ तामाङ, बेली तामाङ र विना तामाङको मुख्य अभिनय रहेको छ भने अतिथि कलाकारका रुपमा छिम्मी र राजकिङ वाइबालाई देख्न सकिनेछ । चलचित्रमा धनबहादुर थापाको नृत्य, द्वन्द्व कुमार चौधरी, आरम्भ र युवि मंग्रेसको संगीत तथा राहुल राईको छायांकन रहेको छ । यो चलचित्रको अधिकांश छायांकन धादिङ र त्यस आसपासमा गरिएको हो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget