पछिल्लो चलचित्र ‘लुकामारी’ले करोड ग्रसको व्यापार गरेपछि नायिका सुरविना कार्की केही खुशी छिन् । निरन्तर चलचित्रको असफलताले उनको करिअर जोडतोडका साथ अगाडि बढ्न सकेको थिएन ।
फेसन र ग्ल्यामरको दुनियाँमा सुरविना अगाडि बढेपनि गतिलो प्रोजेक्ट नपाउँदा पछाडि नै छिन् । उनको नयाँ चलचित्र ‘चर्खा’ प्रदर्शनको लागि तयार हुँदैछ ।
एक कार्यक्रममा रातो वन पिसमा उपस्थित सुरविना हट देखिइन् । माथि खुलेको पहिरनका कारण पनि उनलाई बारम्बार कपडा मिलाउन हैरान हुन्थ्यो ।

सार्वजनिक कार्यक्रमदेखि फोटोसुटमा पनि हट देखिने गरेकी सुरविना आफ्नो करिअरले विस्तारै गती लिन थालेको बताउँछिन् । निर्माणपक्षको दाबी अनुसार उनले काम गरेको चलचित्र ‘लुकामारी’ले मंगलबारसम्म करोड ग्रसको व्यापार गरिसकेको छ ।
अनलाइनखबरको क्यामेरामा विभिन्न पोजमा तस्बिर खिचाएकी यी सुन्दरी चलचित्र क्षेत्रमा अब आफ्नो यात्रा सुखद हुनेमा ढुक्क छिन् । 

उनी अभिनित चलचित्र ‘झेली र नाइके’ असफल भएका थिए । यसैले पनि उनी एक सफल चलचित्रको खोजीमा छिन् । ‘लुकामारी’को करोड ग्रस व्यापारले उनलाई केहि हदसम्म राहत त दियो होला, तर आफ्नै बलबुताले हिट हुन अझै समय कुर्नुपर्ने अवस्था छ ।

Post a Comment