Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सेतो कात्रोको साँक्षी म – सुमन सुस्केरा

भो हजुर
मलाई सेतो कात्रो चाँहिँदैन
त्यो त देश बेच्नेहरुले किनेका छन् रे ।
त्यसैले सेतो कात्रो मलाई साँक्षि राख्नुछैन ।
म देशबेच्नेहरुको लिष्टमा पर्दिन ।
हो सेतो कात्रो साँक्षि राखेर देश बेच्न कै लागि पेश्की लिएका छन्  ।
त्यसैले भो हजुर मलाई सेतो कात्रो चाहिँदैन ।
म मरेको दिन मलाई स्मशान घाटको दाउरा चाहिँदैन
देशमा त वनजंगलसँग कात्रोको खेती हँदै छ ।
गरिवमाराहरु सक्रिय भएका छन् ।
गरिव भोकमरि र रोगबाट छट्पटाई रहँदा
सेतो कात्रोको मुल्यबृद्धी हुन्छ यहाँ ।
शासक र शाशित बिचमा विभेदको निति लिईन्छ यहाँ ।
गरिवमाराहरुले गरिवको नाममा राजनीती गरे ।
कात्रोको मुल्यबृद्धी गराए ।
अब त मरेको मुर्दामा राखिने कात्रोको मुल्य सुन्दा
आमाको मन चिडिन्छ,
हरेक घरका बाबाहरु झस्कन्छन् ।
मातृभूमि मिचिएको टुलुटुलु हेर्नेहरु
मर्दा चाहिने काक्रोको मुल्य बृद्धी गर्दै छन् ।
अनि भन्दैछन् ,
मुल्यबृद्धीमा त भारतिय हात रहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget