Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भ्रममा नपर्न याङ्जोमको अनुरोध (प्रेस विज्ञप्तिसहित)

काठमाडौं, ६ साउन । केही दिनअघि एक कार्यक्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी याङ्जोम शेर्पाले ध्यानाकर्षण जनाएकी छन् । गएको असार ३१ गते राजधानीमा आयोजित युवाहरुको एक कार्यक्रममा याङ्जोमले ‘राम्रो काम गर्ने मान्छेलाई राम्रै भन्नुपर्छ’ भन्ने मनशायले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेकी थिइन् । याङ्जोमको उक्त भनाई र विचारप्रति सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण जनाएकी हुन् ।
yanzom
बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘यो देशका राजनीतिक नेताहरुले गरेका राम्रा कामहरु सबैमा मेरो लागि बराबर सम्मान छ र उहाँहरुले गरेका गलत कामहरुको उत्तिकै आलोचना पनि गर्दछु । देश चलाउने नेताहरुको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नु एउटा नागरिकको अधिकार र कर्तव्य पनि हो भन्ने मैले ठानेकी छु ।’
सामाजिक सञ्जालमा उठाएका विषय र सन्दर्भलाई इंगित गर्दै उनले अगाडि भनेकी छन्, ‘मैले आफ्नो समुदायको पहिचानलाई विर्सेको छैन, छाडेको छैन । मैले आफ्नो समुदायको पहिचानलाई बिर्सेको भनेर चिन्तित नहनु सबैमा आग्रह गर्दछु ।’ उनले सबै जाति र समुदायको सम्मान गर्ने बताउँदे विज्ञप्तिमा ‘कार्यक्रम सञ्चालिका भएर देशको विभिन्न भागमा पुगेर कार्यक्रम त्यहाँको कार्यक्रमअनुसार भेषभूषा र पहिरन लगाउनु मेरो दायित्य र कर्तव्य पनि हो ।’
उनले कुनै पार्टी विषेशको नभएर स्वतन्त्र युवाको कार्यक्रम ठानेर त्यहाँ पुगेकी पनि बताएकी छन् । जुन कार्यक्रम प्रधानमन्त्री ओलीको समर्थनमा थियो । प्रधानमन्त्री ओलीले ‘राष्ट्र, राष्ट्रियता र जनताका लागि राम्रो काम गरेको भन्दै उनको नेतृत्वको सरकारलाईm निरन्तरता दिनपर्छ’ भन्दै युवा जमात सडकमा आइरहेका बेला राजधानीको माइतघर मण्डलामा आयोजित कार्यक्रममा याङ्जोमले आफ्ना विचार राखेकी थिइन् ।
आफ्नो अभिव्यक्तिलाई लिएर फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा अपशब्द र तथा गाली गलौज गरेकामा दुःख लागेपनि त्यसलाई सकरात्मक रुपमै लिएको बताएकी छन् । याङ्जोम पछिल्लो समयकी चर्चित कार्यक्रम प्रस्तोता हुन् ।
याङ्जोमद्वारा प्रेषित विज्ञप्ति
Scan30002 (1)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget