Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बच्चीको पेटभित्र जन्मिँदै जुम्ल्याहा भ्रुण

New-Born-Baby
एक नवजात शिशु आफू जन्मेको केही बेरपछि नै उनको पेटमा एक जोडी जुम्ल्याहा बच्चा खेलिरहेका थिए । अचम्म हुनुभयो हैन ? तर हंगकंगमा यस्तो घटना भएको छ । त्यहाँ एक नवजात शिशुको पेटभित्र जुम्ल्याहा बच्चा पाइएका छन् ।
ऋस्पतालमा जन्मिएकी एक बच्चीको पेट असामान्य भएको पाइएपछि डाक्टरहरु अचम्ममा परे । ती बच्ची जन्मिँदै ४ किलोकी थिइन् । उनको पेट निकै ठूलो देखेपछि डाक्टरहरुल्े सुरुमा त त्यो ट्युमर भएको हुनसक्ने आशंका गरे । तर पछि जाँच गर्दा पो पत्ता लाग्यो ती ती नवजात शिशुको पेटभित्र त जुम्ल्याहा बच्चा थिए ।
ती दुई भ्रुण ८ देखि १० हप्तासम्मका थिए । अन्य सामान्य भ्रुण जस्तै तिनको विकाश भैरहेको थियो । दुबैमा मानिसको जस्तै मस्तिष्क, हड्डी तथा हातखुट्टा विकशित हुँदै थियो ।
यसरी एउटा नवजात शिशुभित्र अरु भ्रुण पाइनुलाई चिकित्सकीय भाषामा फेटस इन फेटू भनिन्छ । यो निकै जटिल अवस्था हो । जन्मिने हरेक ५० लाख बच्चामा एक जनामा यस्तो समस्या देखिन सक्दछ ।
महिलाले गर्भाधारण गरेकोे सुरुवाती अवस्थामै यस्तो स्थिति पैदा भएको हुन्छ । यसमा एउटा भ्रुण राम्रोसँग विकशित हुन्छ भने अन्य भ्रुणहरु विकशित भ्रुणभित्र प्रवेश गर्दछन् र परजिवीको रुपमा रहन्छन्  ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget