२३ असार, काालिकोट । आफूहरुले सम्पर्क गर्न खोज्दा फोन नउँठाएको भन्दै कालिकोटका माओवादी कार्यकर्ताले आफूले प्रयोग गर्ने गरेको मोवाइल सांसदलाई दिएका छन् ।

सांसद शाहीलाई आफ्नो फोन बुझाउनेमा अखिल (क्रान्तिकारी) कालिकोट जिल्ला अध्यक्ष प्रमानन्द आचार्य, योङ्ग कम्युनिष्ट लिंगका जिल्ला अध्यक्ष गणेश शाही र बिद्यार्थी नेता बिरेन्द्र आचार्य लगाएत केन्द्र निकट विद्यार्थीका १२ जिल्ला सदस्य रहेका छन् ।
निर्वाचित भएर गएपछि सांसदहरुले नेता तथा कार्यक्रताहरुलाई भुल्दै गएको, जनतासँगको सम्बन्धलाई सुधार नगरेकाले , जिल्लाको विकास निर्माणमा चासो नदिएको, जनताको समस्या समाधान गर्न अनुरोध गर्दै फोन गर्दा नउठाएको भन्दै मोवाइल फोन दिएर सांकेतिकरुपमा विरोध जनाएका नेता बिरेन्द्र आचार्यले बताए ।
‘सभासद् भएर गएपछि नेता तथा कार्यक्रताले जनतासँगको सम्बन्धलाई बिसर्दै गएका कारणले मोबाइल बुझाएर सांकेतिक सुझाव दिएका हौं ।’ उनले भने,-‘यसले नेता तथा कार्यक्रता र जनतासँग सम्बन्ध राम्रो बनाउने छ ।’
Post a Comment