
नायक राजेश हमाललाई पूर्ण रुपमा नारी अवतारमा देखाइएको चलचित्र ‘शकुन्तला’को ट्रेलर रिलिज भएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमालले काम गरेका छन् ।
दिनेश श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक राजेश हमाल यो चलचित्रमा नारी अवतारमा छन्, जो नारीका दुश्मनलाई सखाप पार्न लागिपरेको देखिएको छ ।
राजेश जस्तै चलचित्रमा नायक किशोर खतिवडा पनि एक्सन भूमिकामा देखिएका छन् । चलचित्रमा अनु शाह, रविन्द्र बस्नेत, रवि गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको ट्रेलर अवधीभर नारीको सम्मान र इज्जतको कुरा गरिएको छ । नायक हमालको यो भूमिकालाई लिएर दर्शकमा उत्सुकता पनि थपिएको छ ।
Post a Comment