Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हिरोका नजरमा कुन हिरोइन कस्ती?


दयाहाङ राई अहिलेका चल्तिका नायक । यिनका नजरमा नाम चलेका दश नेपाली नायिका कस्ता छन त? 

प्रियंका कार्की 
फिल्म झोले हुँदै फन्कोसम्म आइपुग्दा मैले प्रियंकालाई नजिकबाट नियाल्ने मौका पाएँ । उनको कामप्रतिको लगाव मलाई मन पर्‍यो । उनमा चाँडै घुलमिल हुने अनौठो शैली छ । त्यसैले होला, भेटघाटको छोटो अवधिमै हामी राम्रो साथी बन्न पुग्यौँ । उनी हतपत रिसाउँदिनन् । व्यक्तित्व पनि राम्रो छ । तार्किक छिन् । 

अब्बल कलाकारमा हुने सबै गुण उनीसँग छ । कथाको गहिराइसम्म पुग्ने, विश्लेषण गर्ने र त्यसलाई सजीव तवरले अनुकरण गर्ने क्षमता छ, उनीमा । कलाका नौ रसलाई नै उनी पछ्याउन सक्छिन् । नृत्यमा पनि राम्रो दख्खल छ । ‘स्टेप’लाई टपक्क टिप्न सक्ने क्षमताको त म फ्यान नै हुँ । मलाई लाग्छ, नेपाली फिल्म उद्योगलाई उनले भावी दिनमा नेतृत्व गर्न सक्छिन् । उनी अध्ययनशील छिन् । फिल्मी एंगलबारे उनलाई राम्रो जानकारी छ । अमेरिकामा फिल्मसम्बन्धी गरेको अध्ययनले होला, उनी ‘टेक्निकल’ पनि छिन् । 

यद्यपि उनी वेला–वेला स्क्यान्डलमा फस्ने गर्छिन् । यस्तो हुनु साथी र समाजको अन्तरलाई छुट्याउन नसकेको परिणाम हो जस्तो लाग्छ । साथीसँग हामी मनका सबै कुरा खुलस्त पार्छौं । 

रेखा थापा 

मैले रेखासँग काम गरेको छैन । तर, उनका सिनेमा हेरेको छु । वेला–वेला उनी स्क्यान्डलमा फस्ने गर्छिन् । त्यो स्वाभाविकझैँ लाग्छ । किनकि, उनी स्टार हुन् । प्रचण्डसँग नाचेको प्रसंग हेरौँ न । त्यस दिन प्रचण्डसँग कम्मर जोडेर नाच्ने त अरू पनि थिए नि । तर, चर्चामा रेखा मात्रै आइन् । यद्यपि उनीमा म्याच्युरिटी छ जस्तो लाग्दैन । झिना–मसिना प्रसंगमा पनि कमेन्ट गर्ने बानी छ । कति विषयवस्तुमा साइलेन्ट रहँदा ठीक हुन्छ । केटाकेटीपनले त आफैँलाई सिध्याउँछ नि । 

केकी अधिकारी 
पछिल्लो पुस्तामा भाग्यमानी कलाकार हुन्, केकी । बर्न विथ सिल्भर स्पुन भन्छन् नि, केकीको हकमा त्यो लागू हुन्छ । उनले कलाकारिता क्षेत्रमा त्यति संघर्ष गर्नुपरेन, जति अरूले गरेका छन् । किनकि, पारिवारिक माहोल नै उनको त्यस्तै छ । यद्यपि उनमा कुनै घमण्ड छैन । रेस्पेक्ट गर्ने र घुलमिल हुने बानी छ । 

मैले उनीसँग फिल्म फन्कोमा काम गरेको छु । उनको क्षमताबारे पहिले नै सुनेको थिएँ । जुन कामको सिलसिलामा उनले प्रमाणित गरेर देखाइन् । इनोसेन्ट छिन् उनी । कामप्रतिको लगाव असाधारण लाग्छ । चरित्रअनुसार आफूलाई ढाल्न सक्छिन् । 

उनी एजुकेटेड छिन् । नेपाली चलचित्र उद्योगलाई विदेशसम्म विस्तार गर्न उनीजस्तै एजुकेटेड पर्सनको खाँचो छ । त्यो खाँचो उनले पूर्ति गर्न सक्छिन् । 

करिश्मा मानन्धर 
रेस्पेक्ट गर्छु म उहाँको योगदान र क्षमतालाई । नेपाली सिनेमा अहिले जहाँ पुगेको छ, त्यसमा उहाँहरूको पसिना छ । तन्नेरी भएदेखि नै म उहाँको फ्यान हुँ । मैले उहाँको सिनेमा हेरेको छु । उहाँको व्यक्तित्व मन पर्छ । नेपाली हिरोइनमा नाम लिँदा म उहाँको लिन्छु । नायकमा त राजेश हमाल नै हो । नेपालमा कोही रियल सेलेब्रिटी छन् भने उहाँहरू नै हो । म त उहाँहरूलाई सिनेमाको लिजेन्ड नै भन्छु । उहाँहरूले आफ्नो स्टारमडम अझै पनि मेन्टेन गर्न सक्नु राम्रो पक्ष हो । उहाँहरू सिनेमा क्षेत्रमा अचेल कम देखिनुहुन्छ । त्यसो हुनु ठीक हो जस्तो लाग्दैन । 

गौरी मल्ल 
उहाँबाट म अति नै प्रभावित छु । उहाँको पहिलो फिल्म हेरेको छु । त्यसबाटै प्रभावित थिएँ । त्यो छाप अद्यापि छ । व्यक्तित्व अत्यन्त आकर्षक छ । उहाँमा चरित्रको गहिराइसम्म पुगेर अभिनय गर्ने क्षमता असाधारण छ । अहिले उहाँ कता हुनुहुन्छ, थाहा भएन । तर, उहाँहरूजस्ता कलाका पुजारीहरू सिनेमा क्षेत्रमै रहँदा राम्रो हुन्छ । उहाँहरूको अनुभवले नेपाली सिनेनगरीलाई अझ समृद्ध बनाउन सक्छ । 

नम्रता श्रेष्ठ 
म उनलाई बहिनी भन्छु । मेरो एउटा साथी छ, छड्के र सम्बोधनमा सँगै काम गर्‍यौँ । उनी चुजी छिन्, सबै काम छानेर मात्रै गर्ने । यद्यपि उनको स्वभाव मन पर्छ । रेस्पेक्ट गर्ने र घुलमिल हुने क्षमताको म तारिफ गर्छु । व्यक्तित्व पनि राम्रो छ, उनको । सजिलै प्रभाव जमाउन सक्ने क्षमता छ । 

क्षमताका आधारमा उनी अब्बल छिन् । चरित्र रिड गर्ने र त्यसलाई चित्रण गर्ने क्षमताको पनि म तारिफ गर्छु । कामप्रतिको लगाव उनीमा विलक्षण छ । अभिनयमा जीवन भर्ने कला सजिलो छैन । तर, उनले सक्छिन् । उनको सानो संसार सिनेमाबाट म प्रभावित छु । सानो संसारलाई उनले वास्तवमै जीवन भरेकी छिन् । यसकारण पनि उनी पहिलो चलचित्रबाटै स्थापित हुन सफल भएकी हुन् । उनी कलालाई राम्ररी बुझ्न सक्छिन् । नेपाली चलचित्र उद्योगलाई लिड गर्ने क्षमता छ, उनीमा । उनी संघर्षशील छिन्, हर समस्यासँग जुध्न सक्छिन् । समाजलाई बुझेर व्यवहार गर्न उनी माहिर छिन्, यो उनको अनुकरणीय क्षमता हो । 

मिथिला शर्मा 
नेपाली सिने क्षेत्रकी आइडल हुनुहुन्छ, मिथिलादिदी । मेरो डाइरेक्सनमा बनेको एउटा सर्ट फिल्ममा उहाँले अभिनय गर्नुभएको थियो । उहाँको क्षमतालाई नजिकबाट नियाल्ने मौका त्यही वेला मिलेको हो । उहाँको कामलाई म रेस्पेक्ट गर्छु । नृत्यको त उहाँ गुरुआमा नै हो । नृत्य र अभिनय दुवैको संगम एउटै व्यक्तिमा छ भने त्यो मिथिलामा छ । उहाँबाट कला क्षेत्रका नयाँ पुस्ताले सिक्नुपर्ने धेरै पक्ष छन् । त्यसका लागि उहाँजस्ता लिजेन्ड कला क्षेत्रमा निरन्तर रहनुपर्छ । 

झरना बज्राचार्य 
मिस नेपालपछि कला क्षेत्रमा प्रवेश गरेकी हुन्, झरना । उनको बौद्धिकताको म फ्यान हुँ । उनी तार्किक छिन् । अध्ययनशील छिन् । छानेर मात्रै सिनेमा खेल्छिन् । व्यक्तित्व आकर्षक छ । आफ्नो धारणा प्रस्टसँग राख्न सक्छिन् । हिरोइनमा हुनुपर्ने सबै गुण छ । नृत्य गर्ने क्षमता छ । 

एक्टिङमा भिज्न सक्छिन् । उनीसँग काम नगरे पनि मैले उनको सिनेमा हेरेको छु । त्यसैको आधारमा भन्दै छु । म उनलाई ‘पर्फेक्ट हिरोइन’ भन्न रुचाउँछु । उनी सिनेमा क्षेत्रबाट बिस्तारै टाढा हुँदै गरेको मैले महसुस गरेको छु । किन हो, थाहा छैन । यद्यपि म्युजिक भिडियोमा देखिन्छिन् । उनीसँग अनुभवले निखारिएको क्षमता छ । यसलाई प्रयोग गर्न आवश्यक छ । 

ऋचा शर्मा 
हाम्रो टिम, हाइवे, लुट, टलक जंग भरसेर टुल्केमा मैले ऋचासँग काम गरेको छु । कलाकारमा हुनुपर्ने सबै गुण छ, उनीमा । चरित्र बुझ्ने क्षमता छ । चित्रण गर्ने पक्ष अझ सबल छ । कामप्रतिको लगाव र इमानदारिता नै स्थापित हुने मुख्य हतियार हो । उनका यी दुवै हतियार तेज छन् । 

नृत्यमा पनि उनी त्यत्तिकै पारंगत छिन् । रेस्पेक्ट गर्ने र घुलमिल हुने गुणले उनका धेरै मित्र छन् । उनीसँग चलचित्रसम्बन्धी अध्ययन पनि छ । उनले विदेशमा गएर अध्ययन गरेकी छन् । त्यसैले अभिनयको प्रत्येक एंगलबारे उनी जानकार छिन् । नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्‍याउने क्षमता म उनीमा देख्छु । विनाप्रसंग धेरै बोल्ने बानीले उनलाई घाटा गराउन सक्छ । विनाप्रसंगका विषयमा पनि उनी बोल्ने गर्छिन्, जुन ठीक होइन । यस्ता बानीलाई सुधार गरे राम्रो । 

रिस्मा गुरुङ 
संगत गरेको थोरै अवधिमै प्रभावित पारिन्, रिस्माले । उनले न कुनै थियटरमा काम गरेकी छिन्, न त कुनै ठूला प्रोजेक्टमा नै । यद्यपि उनमा यस्तो क्षमता पाएँ, जुन बिरलैसँग हुन्छ । फिल्म कबड्डीमा सँगै काम गर्‍यौँ । चरित्रअनुसारको पात्र छानेका थियौँ । सुरुमा उनी अलि नर्भस भइन् । उनले सक्दिनन् कि भनेर हामी डराएका थियौँ । तर, जब फिल्डमा गयौँ, उनले त जादु नै गरिन् । नर्भसनेसको छिटोसम्म पनि उनको भावभंगिमा देखिन्नथ्यो । फिल्म चलेपछि समीक्षकबाट समेत उनको कामको तारिफ भएको पाएँ । अवसर पाए उनले कलाकारितामा केही नयाँ गर्न सक्छिन् । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget