Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपालका बैंकहरूसँग कति पैसा छ ? जान्नुहोस्

bank (1)
१७ असार, काठमाडौं । वाणिज्य बैंकहरूको कूल निक्षेप १६ खर्ब ८६ अर्ब रूपैयाँ पुगेको छ । यो तथ्यांक एक हप्ताअघिको हो ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका अनुसार देशभर सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहरूसँग भएको कुल निक्षेपमध्ये १५ खर्ब ७३ अर्ब रूपैयाँ नेपाली मुद्रामा र १ खर्ब १३ अर्ब रूपैयाँ निक्षेप विदेशी मुद्रामा रहेको छ ।
यस अविधमा बैंकहरूले जम्मा १३ खर्ब ५० अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय निक्षेपको वृद्विदर उच्च र कर्जाको वृद्विदर न्यून छ । एक सातामा निक्षेप ९ अर्ब रूपैयाँले थिपएको छ भने कर्जा ४ अर्ब रूपैयाँले मात्रै बढेको छ । अघिल्ला हप्ताहरूमा कर्जाको विस्तार १५र२० अर्बले हुँदै आएको थियो ।
असार मसान्तमा बैंकहरू निक्षेप आकर्षण गर्न लागि पर्ने तर सकेसम्म ऋण नदिने गर्छन् । धेरै निक्षेप लिँदा वर्षान्तको वासलात राम्रो देखिने बैंकरहरूको विश्वास छ । असार महिना भनेको बैंकहरूले कर्जा प्रवाहमा कडाइ गर्ने र बजारमा भएको कर्जा उठाउने समय हो ।
असारमा सरकारले विकास खर्च बढाएपछि बैंकहरूमा निक्षेप बढेको हो । सरकारी खर्च बढेसँगै बैंकहरूमा अर्बै रूपैयाँ बराबरको लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । आगामी १५ दिनमा मात्रै १ खर्ब रूपैयाँ विकास खर्च गर्ने सरकारी लक्ष्य छ ।
चालु अार्थिक वर्षका लागि सरकारले २ खर्ब ८ अर्ब रूपैयाँ विकास खर्च छुट्याएको थियो । जसमध्ये असार १५ गतेसम्म जम्मा ६७ अर्ब रूपैयाँमात्रै विकास खर्च भएको छ । सरकारले विकास खर्च गवर्न नसक्दा मुलुकमा विकास त हुन सकेको छैन नै अन्तिम समयमा आएर बजेट सक्न टाललटुले काम गर्न प्रवित्ति पनि मौलाउँदै गएको छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget