Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गाजलु दोश्रो गीतमा पोखिएको अनमोल र सृष्टिको पीडाभाव (भिडियो)

युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठको फिल्म ‘गाजलु’को दोश्रो गीत रिलिज भएको छ । प्रचारलाई आक्रामक बनाउँदै अघि बढेको निर्माण कम्पनि रोहित अधिकारी फिल्मस्ले रिलिजको काउण्ट डाउन सुरु हुँदै गर्दा दोश्रो गीत सार्वजनिक गरेको हो ।
युट्युवमा सार्वजनिक ‘मुस्कुराउनुको कथा’ बोलको गीतमा अनमोल र सृष्टि फिचरिङमा छन् । गीतमा शब्द निकै मर्मस्पर्शी छन् । जहाँ सृष्टि र अनमोलका धेरै पीडा र थोरै रमाईला क्षणहरुलाई चित्रित गरिएको छ ।
gajalu-screennepal
गीतमा पछिल्लो पुस्ताका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत भरेका छन् । उनकै शब्द समावेश गीतमा स्वर सुमन गुरुङको छ ।
रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशन रहेको फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत अभिनयमा छन् । मिडियाबाट बनिरहेको हाईप, पछिल्लो रिलजि गीत र ट्रेलर अनि सृष्टि र अनमोलकै कारण पनि ’गाजलु’ चर्चाको शिखरमा छ ।
नेवारी समुदायमा भित्रको एक (कुमारी) प्रथाको कथालाई पर्दामा उतारिएको फिल्मलाई लिएर दर्शक तथा फिल्म शुभचिन्तकहरु उत्साहित छन् । फिल्म जेठ २८ मा रिलिज हुँदैछ ।
नेपालसँगै विदेशका विभिन्न शहरहरुमा समेत एकसाथ प्रदर्शनको तयारी हुँदै गर्दा ’मे’ २९ तारिखमा ‘गाजलु’को पहिलो वर्ल्ड प्रिमियर लण्डनमा हुँदैछ ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget