साउन, काठमाडौं । गायिका तथा मोडल ज्योति मगर भन्ने बित्तिकै हामी सहजै सम्झन सक्छौं छोटो लुगा लगाएरै चर्चा र बिबादमा आउने मोडल भनेर । शुक्रबार दिउँसो करिब १ बजे तिर युट्युवमा अपलोड गरीएको एक तिज गित जसले २४ घण्टा नपुग्दै एक लाख भिजिटर ल्याउन सफल भएको छ । मोडल ज्योति मगरलाई नचाईएको तिज गित एकदिनमै एक लाख पटक हेरीएको हो । २०७२ सालको तिजमा बिभिन्न थरिका तिज गितहरु निस्किएका छन् । जसमा कुनै कमेडी शैलीका तिज गित आएका छन् त कुनै पुरानै शैलीका गित बजारमा आएका छन् । मोडल ज्योती मगरलाई हाँस्य कलाकार सागर लम्साल (बले), हरी निरौला (कक्रोज) र सुरेश थापा (दर्शने) सँग अभिनय गराएर बनाईएको ढाडे बिरानो बोलको गित निकै छोटो समयमा अत्यधिक पटक हेरीएको छ ।

छोटा समयमै युट्युवमा लोकप्रिय भएको यस गित चल्नुको पछाडि हाँस्य कलाकार तथा ज्योति मगरलाई लिन सकिन्छ । तिज गित त युट्युवमा धेरै छन् तर किन यस गित यसरी धेरै पटक हेरीयो त ? अन्य गित र यस गितमा फरक के छ त ? मोडल ज्योति मगर भन्ने बित्तिकै धेरै मानिसहरुले सेक्सी गायिका तथा सेक्सी मोडल भन्ने उपनाम दिन्छन् । त्यसले पनि उनको चर्चा बढि भएकोले र पछिल्लो समय चर्चामा रहेका हाँस्य कलाकार बले, कक्रोज र दर्शनेलाई भिडियोमा समावेश गर्नु नै यस गित चल्नुको कारण भएको पाइन्छ । त्यस्तै गितमा समावेश शब्द पनि अन्य भन्दा धेरै फरक छन् ।
बैश र जोवनको कुरा गरीएको र मोडल ज्योति मगरले छोटो लगाएको हेर्न चाहाने दर्शक धेरै भएकोले पनि युट्युवमा भिजिटर बढेका छन् । यस गित प्रत्येक मिनेटमा सयभन्दा बढि पटक हेरीदै गएको छ । यसबिच गित युट्युवमा अपलोड भएसँगै बिभिन्न किसिमका कमेन्टहरु पनि गरीएको छ । कति राम्रा कमेन्ट आएका छन् त कतिले अभद्र कमेन्ट पनि गरेका छन् ।

भिडियो यस्तो छ ।
Post a Comment