Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिक्किममा चित्रमा महाकवि देवकोटा !

काठमाडौं, १० साउन । सिक्किमको गान्तोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र कृतिमा आधारित चित्रकला प्रदर्शनी गरिएको छ ।
८ र ९ साउनमा भएको प्रदर्शनीमा नेपालका ख्यातिप्राप्त चित्रकारहरू रागिनी उपाध्याय, टेकबीर मुखिया, केके कर्माचार्य, राधेश्याम मुल्मी, नगेन्द्रप्रसाद पौड्याल, नारदमणि हार्तम्छाली, सुषमा राजभण्डारी, धनबहादुर याखा, राजन काप्mले, लक्ष्मण भुजेल, जी.डी. सारू, देवेन्द्र थुम्केली, केशवराज खनाल, उत्तम डङ्गोल, सँगी श्रेष्ठ, शान्त हिताङ, गणेशकुमार जि.सी., विवेक मुकारुङ, अनिता भट्टराई र रामबहादुर ठाडाकाले सहभागी जनाए । जहाँ देवकोटासंवन्धी सूचनामूलक फ्लेक्सप्रिन्टहरू राखिएको थियो ।
devkota-2
नेपाल–सिक्किम मैत्री साहित्यिक कार्यक्रमको अवसर पारेर गान्तोकस्थित प्रेस क्लब अफ सिक्किम र चिया कविता समूह तथा नेपालको देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजना रहेको प्रदर्शनी तथा चारदिने साहित्यिक कार्यक्रम पनि हुने भएको छ ।
गान्तोक र चेम्चेलगायत सिक्किमका विभिन्न स्थानमा साहित्यिक भेटघाट, कवितागोष्ठी, अन्तक्र्रिया, सांस्कृतिक परिचर्चा तथा सिक्कमका विभिन्न साहित्यिक, सांस्कृतिक तथा प्राकृतिक स्थानहरूको मैत्रीपूर्ण भ्रमणको कार्यक्रम पनि रहेको छ ।
सिक्किम जानेमा टोलीमा समालोचक निनु चापागाईं, गायक–सङ्गीतकार जीवन शर्मा, चित्र कलाकार देवेन्द्र थुम्केली लगायत साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाईं, सीता शर्मा, बाबा बस्नेत, सुनील पौड्याल र सरिता तिवारी रहेका छन् ।
देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान, नेपाल र प्रेस क्लब अफ सिक्किम, गान्तोकबीच गान्तोकमा १ जुन २०१४ मा यस प्रकारका साहित्यक आदानप्रदानको लागि एक सहमति भएअनुसार यो कार्यक्रम गरिएको जनाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget