Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सेनाले बनायो ३६ अस्थायी सामूहिक आवास

२२ असार, काठमाडौं । नेपाली सेनाले विभिन्न ठाउँमा निर्माण थालेको ३६ वटै अस्थायी सामूहिक आवासको निर्माण गरेको छ । यससंगै नेपाल सरकारको निर्णय बमोजिम भूकम्प पीडितहरुको जीवनयापनलाई सामान्यीकरण गर्न सेनाले सामुहिक आवास भवन निर्माण गरेको हो ।
बुधबारमात्रै सेनाले धादिङको विकट गाउँमा निर्माण गरिएका अस्थायी सामुहिक आवास भवन हस्तान्तरण गरेको छ । लापा, रि र शेरतुङ गाविसका अस्थायी सामुहिक आवास भवन स्थानीयलाई हस्तान्तरण गरिएको हो ।
भूकम्पबाट विस्थापित भएर पालमा जीवन निर्वाह गर्न बाध्य भएका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगा जिल्लाको विभिन्न ४६८ भूकम्पपीडित परिवारलाई लक्षित गरी नेपाली आवास निर्माण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget