Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मलेसियामा न्युनतम तलव बढ्यो, नेपाली कामदार पनि लाभान्वित हुने

Malaysia

१४ असार, काठमाडाैं । हजाराैं नेपाली काम गर्ने मलेसियामा न्युनतम् पारिश्रमिकमा वृद्धि भएको छ । ३ वर्षपछि तलब बढ्न लागेको हो र उसको प्रत्यक्ष फाइदा नेपालीहरूलार्इ पनि हुनेछ ।

सरकारले ठाउँअनुसार ९२० देखि एकहजार रिंगेटसम्म नयाँ तलबमान तोकेको छ । र, २०१६ को बजेटमार्फत बढाएको यो तलव शुक्रबारदेखि लागू हुनेछ । यसअघि न्युनतम् तलव ८२० देखि ९ सय रिंगेटसम्म मात्र थियो ।

अब घण्टाको न्युनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म न्युनतम् तलव दिनुपर्ने गरी नयाँ पारिश्रमिक तोकिएको छ । यो पारिश्रमिक निजीसहित सबै क्षेत्रका मजदुरका हकमा लागू हुने मलेसियाको दि स्टारले जनाएका छन् ।

तर, होटल क्षेत्रमा यसअघि नै यो व्यवस्था लागू भएपनि कार्यान्वयनमा समस्या देखिएको छ । त्यसैकारण नयाँ पारिश्रममिक लागू हुनेमा रोजगारदाताहरुले आशंका जनाएका छन् ।

मलेसियाको रोजगार दाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ । महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न वित्तीय समस्या पर्ने बताएका छन् ।

उनले उद्योगी तथा व्यवसायीको लागत र नाफालाई ध्यानमा राखेर मात्रै पारिश्रमिक बढाउनुपर्ने बताए । नयाा पारिश्रमिक लागू भएपछि त्यहाँका वैधानिक विदेशी कामदार पनि लाभान्वित हुनेछन् । ठूलो संख्यामा रहेका नेपाली कामदारले पनि यसबाटा फाइदा उठाउन सक्छन् ।

तर, रोजगारदाताहरु यसको विरुद्धमा उभिएकाले कार्यान्वयनमा भने समस्या पर्ने देखिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget