Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सपनामा पनि मधेस, लेखनमा पनि मधेस

लेखनकक्षमा इस्माली
तस्बिरहरु-नारायण महर्जन
०४० तिरको कुरा हो। खगेन्द्र संग्रौला, पारिजात, इस्मालीलगायत लेखकको समुहले ‘उत्साह’ नामक मासिक पत्रिका चलाउँथ्यो। वाम विचारप्रति झुकाव राख्ने यी लेखकहरु सो पत्रिकाका लागि रचना लेख्थे।
 
‘रातभरि रुँग्यो बुढी ज्युँदै’, इस्मालीले एउटा कथामा यो उखान प्रयोग गरेका थिए।
 
पत्रिका सम्पादनका बेला समुहमा छलफल चल्यो। नारी अधिकारका लागि खरो उत्रिँदै आएकी लेखक पारिजातले इस्मालीले प्रयोग गरेको उखानमा विमति जनाउँदै भनिन्, ‘बुढी होइन बुढो लेख्नुस्।’
...
 
मधेसमा जन्मिएका इस्मालीले १३÷१४ वर्षको उमेरमै देखे, समाज विभेदले जकडिएको छ। हुने खाने वर्गले हुँदा खाने वर्गलाई थिचोमिचोमा राखेको उनलाई महसुस भएको थियो। उनको परिवार हुँदा खाने वर्गमा पथ्र्यो। हुँदा खाने वर्गलाई आधारभूत आवश्यकता पुरा गर्न पनि साहुसँग ऋण लिनै पर्ने बाध्यता थियो।
 
उनले एसएलसी दिने बेलातिर एक निम्नवर्गीय परिवार बसाइँ स¥यो। साहुको ऋण तिर्न नसकेर घरजग्गा साहुलाई बुझाएर बसाईं सर्न बाध्य आफ्नो छिमेकीको त्यस्तो हालत देखेपछि उनलाई नराम्ररी चिमोट्यो।
 
कलेज पढ्न थालेपछि कोर्सबाहिरका किताबमा उनको ध्यान खिचिएको थियो। प्रकाश कोविद, युधिर थापा, गुल्सानन्दलगायत लेखकका पुस्तकले उनमा पढाइको नशा बसालेको समय थियो त्यो।
 
त्यही बेला उनले एउटा यस्तो कथा लेखे, जुन कथाको विषय र शैली आफूले पढिरहेका लेखककाभन्दा भिन्न थियो। यी लेखकका विषय र शैलीबाट प्रभावित नभएपनि उनलाई लेख्न सक्छु भन्ने आँट भने यिनै लेखकका पुस्तकले दिएका थिए।
 
‘ऋणको थिचो’ शीर्षकको कथा उनै छिमेकीको थियो, जो ऋणको थिचाइका कारण आफ्नो जन्मथलो छोड्न बाध्य भएको थियो। यसै कथाबाट उनले आफ्नो नाम नै फेरे र राखे, महेश गरिब। यसअघि उनी महेशप्रसाद उपाध्याय नामबाट चिनिन्थे। त्यो कथा ०३१ सालमा वीरगञ्जको एउटा पत्रिकामा छापियो। यसपछि उनको लेखन कथा, कवितातिर अघि बढ्यो।
स्नातक पढ्न उनी काठमाडौं आए।
 
कलेज पढ्ने बेला पञ्चायतको दबदबा कायम थियो। पञ्चायत शासनको विरोध गर्ने नेपाली कांग्रेसका दुई कार्यकर्तालाई सत्तापक्षले जंगलमा लगेर हत्या गरेको थियो। त्यतिबेला खुल्ला रुपमा बोल्ने आँट कमैसँग थियो।
 
नेपालमा यस्तो घटना घटेको केही समयपछि तत्कालिन पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोको हत्या भयो। सैनिक शासनले जेलमै उनको हत्या गरेपछि नेपाल एक्कासी तात्तियो। मानवअधिकार उल्लंघन भएको भन्दै विद्यार्थीहरु सडकमा आए।
 
इस्माली भन्छन्, ‘विरोध त नेपालको पञ्चायत शासनको थियो। किनकी नेपाली कांग्रेसका ती दुई कार्यकर्ताको हत्यापछि नै एकखाले उकुसमुकुस बढिसकेको थियो। जुल्फीकर अली भुट्टोको हत्यालाई त हतियार मात्र बनाइएको हो।’
 
विद्यार्थी आन्दोलनमा पञ्चायतको दमनविरुद्धका आवाज मुखरित हुन थाले। इस्मालीका अनुसार ३६ सालको जनमत संग्रह विद्यार्थीबाट उम्रिएको यही आन्दोलनको उपज थियो।
 
इस्मालीलाई त्यसअघिसम्म लागेको थियो, समाज वर्गीय छ। त्यसैले उनको कलम वर्ग विभेदको विपक्षमा चल्दै आएको थियो। आफैं राजनीतिमा सक्रिय भएपछि भने उनले देखे, समाज वर्गीय छ र यसको कारण हो, राजनीति।
इस्माली आफैं पनि आन्दोलनका एक सहभागी भएर जेल जीवन पनि भोगेका थिए। उनले आफ्ना लेखबाट सांकेतिक रुपमा पञ्चायतको विरोध गर्न सुरु गरे। श्रमजिवी वर्गको अधिकारको आवाज त पहिलेदेखि नै उठाउँदै आएका थिए। राजनीतिक उथलपुथल चलिरहँदा लेखनमा सक्रिय रहेका उनले ठाने, पञ्चायतको आँखाको कसिंगर भइन सक्छ।
 
त्यसपछि सोचे, लिंग, जात, धर्म, भूगोल कुनैसँग अर्थ नजोडिने नाममा लेख्छु। उनी महेश गरिबबाट इस्माली बने। त्यही नामबाट उनका झन्डै एक दर्जन साहित्यिक कृति प्रकाशित भइसकेका छन्।
 
जनमत संग्रहमा पञ्चायत शासन झिनो मतान्तरले अगाडि आयो र ‘सुधारिएको पञ्चायत’ नाम लियो। तर, नेपाल शान्त भने रहेन।
 
उनका कथा लेखन राजनीति केन्द्रित रहँदै आएका थिए। जनमत संग्रहपछि देशको अवस्था देखेपछि उनलाई लाग्यो, यी कुराहरु कथामा मात्र अटाउन सम्भव छैन। उनले उपन्यास नै लेखे। पत्रपत्रिकाबाट कथाकारको रुपमा चिनिएका इस्मालीको पहिलो प्रकाशित उपन्यास बन्न पुग्यो।
 
‘सेतो आतंक’ नामक उक्त उपन्यासले त्यतिबेला ठूलै चर्चा पायो।
...
 
०३१ सालमा गरिब पात्रलाई उभ्याएर कथा लेखन सुरु गरेका इस्मालीले बालसाहित्यबाहेक कथा तथा उपन्यासमा मुख्य तीन कुरा छोडेका छैनन्, मधेस, वर्ग र राजनीति।
 
‘यी तीन इस्मालीका ‘सिग्नेचर’ नै भए नि है’ भन्दा उनी हाँस्दै स्वीकार्छन्।
 
उनी काठमाडौं बस्न थालेको झन्डै चार दशक बित्न आँट्यो। तैपनि, उनको लेखनको मुख्यतः विषयवस्तु, परिवेश, पात्र र प्रवृत्ति मधेसमै केन्द्रित छ।
 
‘बालसाहित्यबाहेक राजनीति र मधेस कतै न कतै घुसिहाल्छ,’ उनले भने, ‘काठमाडौं बसेको लामो समय भएपनि मस्तिष्कको कुनाकन्दरामा मधेस लुकेर बसेका हुँदा रहेछन्।  सपना पनि मधेसकै देखिन्छ। काठमाडौंको पात्रको प्रवृत्तिले मधेसको पात्र र प्रवृत्तिको उत्खनन गराइदिन्छ।’
इस्मालीका भनाइमा, उनले जहिलेदेखि मधेसका कुरा लेख्न सुरु गरे त्यो कुनै लहडको लेखन थिएन। सुरुदेखि नै उनी सचेत लेखनमा लागेका थिए। वर्गका कुरा त सानै उमेरमा बिझाएको जो थियो। मधेसका त्यहाँका पात्र र प्रवृत्ति जानेकाले र कुनै समय राजनीतिमा पनि सक्रिय रहेकाले लेखनलाई उनले आफ्नो दायित्व ठाने।
 
‘मैले जब लेख्ने सुरु गरेँ, साहित्य समाज परिवर्तनको संवाहक नै बन्नुपर्छ भन्ने थियो,’ उनी आफ्नो आफ्नो लेखन उद्देश्यबारे भन्छन्, ‘त्यतिबेला वर्गीय विभेदको विपक्षमा बोल्ने गतिलो माध्यम लेखन नै हो भन्ने लागेको थियो। जब मैले पहिलोपटक गरिब पात्रलाई केन्द्रमा राखेर लेखेँ, वीरगञ्जमा त्यतिबेला पाएको चर्चापछि ममा त्यो वर्गको कुरा लेखेकोमा सन्तुष्टि र लेख्न सक्ने आत्मविश्वास बढ्यो। सेतो आतंक उपन्यास लेखेसँगै राजनीति नै वर्ग विभेदको मुल कारण हो भन्ने लाग्यो। त्यसपछि राजनीति सच्चिनुपर्छ भन्ने मेरो लेखनको अभिप्रायः रह्यो।
 
राजनीतिलाई बेवास्ता गरेर समस्याको समाधान खोज्दा केही गरेपनि भेटिँदैन भन्ने भएपछि मैले प्रशंसा होस् या प्रहार, राजनीति केन्द्रित कथाबाटै गर्नुपर्छ भनेर लागेँ। अहिलेचाहिँ म विचार सम्प्रेषणको माध्यम मान्छु। अझ भन्दा लेखन मेरो ‘मिसन’ हो। म केही पाउँ भनेर लेख्न सुरु गरेको होइन।’
 
उनका लेखनमा जब राजनीतिले प्रवेश पाए, त्यतिबेला उनी एकखाले अभियन्ता नै थिए। पञ्चायत शासनका पक्षधरहरु साहित्यमा राजनीति घुसाउनु हुँदैन भन्थे, उनी साहित्य र राजनीति अलग हुनै सक्दैन भन्थे। उनी भन्थे, ‘राजनीति र साहित्य अलग हुनुपर्छ भन्नु झन् चर्को राजनीति हो।’
 
मधेस, वर्ग, राजनीति, लामो समयदेखिको काठमाडौं बसाई र लेखन। उनलाई अहिले केही अप्ठ्यारा र चुनौति महसुस हुँदा रहेछन्। लेख्दै जाँदा त्यति नै गम्भीर भइने र गम्भीर बन्दा लेख्न झन् गाह्रो हुने उनको अनुभव छ। त्यो भन्दा ठूलो अप्ठ्यारोचाहिँ बाल्यकालदेखि युवावस्थासम्म
मधेस भोगे पनि मधेसका अहिलेका पुस्तालाई पात्र बनाएर लेख्दा अप्ठ्यारो आइपर्ने उनी बताउँछन्। ‘यस्तो अप्ठ्यारो आयो भने लेख्दा निकास दिन सकिँदैन, त्यसैले त्यो बाटोतिर लाग्दै लाग्दिनँ।’
 
उनी यी कुरा लेख्नुअघि के–के कुरामा सचेत हुन्छन् त?
 
उनी राजनीतिलाई केन्द्रमा राखेर लेख्दा धेरैतिर सचेत हुनुपर्ने बताउँछन्। लेखनमा एकदमै सचेत हुनुपूर्व लेखनको खाका तयार पार्छन् उनी। यस प्रक्रियामा मुख्य तीन चिज पर्छन्, विषय, पात्र र उसको चरित्र र परिवेश।
 
उनी पहिले लेखनको थिम बनाउँछन्, त्यसपछि पात्र र परिवेश निक्र्योल गर्छन्। लेखनको थिम जताबाट पनि भेटिन सक्छ। उनका भनाइमा मानिसले कतै बोलेको एउटा संवादले पनि लेखनको विषय खुलाइदिन सक्छ। यस्तो भेटिएको बेला उनी, कापीमा टिपिहाल्छन्। विषय तयार
भएपछि आफूले देखेभोगेको परिवेशको पात्रलाई विषयमा जोेड्छन्। त्यसपछि पात्रमा चरित्र फिट गरिदिन्छन्। विषय र परिवेशमा पात्र यथार्थ लाग्नुपर्छ भन्ने उनको मान्यता रहन्छ।
 
यी तीन कुराको खाका बनिसकेपछि लेखनमा प्रवेश गर्छन्। लेखनको चरण भनेको एकदमै गम्भीर हुनुपर्ने उनको भनाइ छ।
लेख्नुअघि उनी सबैभन्दा गम्भीर यसकुरामा हुन्छन्, आफूले लेखेको विचारले समाज प्रगतितर्फ जाने संकेत गर्छ कि झन् पछि धकेल्ने? उनको दिमागमा कहिलेकाहिँ त्यस्ता विचार पनि आइदिँदा रहेछन्, जो तत्कालका लागि आफूलाई राम्रो लागेपनि दिर्घकालिन रुपमा त्यस विचारले समाजलाई पछाडि धकेल्ने सम्भावना रहन्छ। यस्तोबेला आफ्नो विचारसँग आफैंले सम्झौता गर्नुुपर्ने उनको अनुभव छ।
 
प्रयोग गरिएको उखानटुक्काले धर्म, जात, सम्प्रदायलाई नहोच्याओस्, लैंगिक तथा जातीय रुपमा पक्षपात नहोस् भन्नेमा पनि उनी सचेत हुन्छन्। ‘भलाइकै निम्ति लेख्दा कहिलेकाहिँ लेख्दा आवेशमा पनि आइन्छ,’ उनी भन्छन्, ‘उत्साह पत्रिका चलाउँदा मैले एउटा कथामा रातभरी रुँग्यो बुढी ज्युँदै उखान हालेको थिएँ। सम्पादनका बेला पारिजातले भन्नुभयो, बुढीको ठाउँमा बुढो राख्नुस्। बुढो राख्दा पनि लैंगिक विभेद त भयो नि! पछि उखान नै राखेनौं।’
 
यस्तै अर्काे पनि उदाहरण छ उनीसँग। सुकुम्बासी आन्दोलनमा ज्यान गुमाएकाहरुमाथि लेखिएको कथा ‘धुवाँ धुवाँ धुवाँ’ मा उनले ज्यान गुमाउनेहरु सबैलाई एकै घाटमा जलाइदिएका थिए। ‘त्यतिबेला समान भनेर लेखेपनि पछि लाग्यो, त्यहाँ त मुसलमान पात्र पनि थिए। मैले त तिनलाई पनि जलाएछु। हुन त त्यतिबेला कसैले केही पनि भनेन। तर, यो त साँस्कृतिक अतिक्रमण भयो। मलाई आफूले लेखेमध्ये त्यो कथाको यही भागले पछुतो लाग्छ।’ उनले भने।
उनी सकेसम्म पात्रको नाम राख्दा पनि जात, धर्म, सम्प्रदाय इंगित गर्ने नहोस् भन्ने ठान्छन्।
 
वर्गको विषयमा लेख्नुअघि उनी कथाको नायक र खलनायकको चरित्र स्पष्ट पार्नमा उनी निकै सजग हुन्छन्। उनलाई लाग्छ, जसले निम्न वर्गमाथि थिचोमिचो गरिरहको छ, त्यो पढ्दा पाठका ऊप्रति नकारात्मक भावना आउनै पर्छ। खलनायक चरित्रमाथि पाठकको सहानुभूति जाग्यो भने निम्न वर्ग थिचोमिचोमै रहिरहने उनको तर्क छ।
...
५२ सालदेखि बिजुलीबजारस्थित आफ्नै घरको दोस्रो तल्लाको एक कोठा नै इस्मालीको लेखनकक्ष हो। यो कोठा खास लेखनकक्ष पनि होइन, बैठककक्ष हो। चारैतिर सुत्ने कोठा, ट्वाइलेट र किचनको बीचको फराकिलो यो कोठा मा दुुईवटा सोफा, एउटा बेड र किताब राखिएका ¥याक छन्।
 
सबै खाना खाएर सुतिसकेपछि उनी लेख्न थाल्छन्। लेखनको गति समान रहेको बेला उनी रातभर नसुति पनि लेखिदिन्छन्। विदाका दिन घरमा कोही नभएका बेला दिउँसो पनि लेख्छन्। लेखुन्जेल केही खाने सोख छैन।
 
बहिलेकाहिँ कम्प्युटरमा पनि टाइप गरेर लेख्छन् तर उनलाई हातले लेख्नमै मजा आउँछ। भन्छन्, ‘तुरुन्तै सम्पादन गर्नुपर्दा कम्प्युटरले सजिलो त बनाउला तर सोच्ने फुर्सद दिँदैन। हातले खेस्रा लेखेर दोस्रोपटक लेख्ने बेलासम्म कथामा थपघट गर्नुपर्ने थुप्रै कुरा भेटिन्छन्। हातले लेख्दा सोच्नलाई प्रशस्त समय पाइन्छ।
 
लेखिसकेपछि पहिलो पाठक आफैं हुने उनी बताउँछन्। दोस्रो पाठकचाहिँ पत्रिका या पुस्तकका सम्पादक हुँदा रहेछन्। भन्छन्, ‘परिवारलाई त छापिइसकेपछि मात्र थाहा हुन्छ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget