१४ असार, काठमाडौं । युरोपियन संसदले आफ्नो आकस्मिक सत्रपछि ईयूबाट अलग हुने प्रक्रिया तत्काल सुरु गर्न बेलायतलाई भनेको छ ।

युरोपियन आयोगका अध्यक्ष जाङ क्लाड जङकरले भने, ‘बेलायतले यो भन्नुपर्छ कि उ कहिले अलग हुने प्रक्रिया सुरु गर्छ । ताकि अनिश्चितता अन्त्य होस् । यस मामिलामा बेलायतले मुसा बिरालोको खेल नखेलोस् ।’
यसबारे संसदमा चर्को बहस भएको थियो । बेलायत ईयूबाट बाहिरिनु पर्ने अवाज उठाउँदै आएका बेलायती नेता नाइजेल फाराजले बोल्दा सांसदमा हुटिङ भएको थियो ।
संसदलाई सम्बोधन गर्दै युरोपियन आयोगका अध्यक्ष जङकरले बेलायत र युरोपियन युनियन मित्र कायमै रहने तर, भ्रम नहोस् भन्नका लागि पनि बेलायतले आफ्नो स्थिति प्रष्ट पार्नु पर्ने बताए ।
बेलायतमा हालै भएको जनमत संग्रहमा ईयूबाट बाहिरिने पक्षको जित भएको थियो । यसको विपक्षमा रहेका बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरिसकेका छन् ।
जनमत संग्रहपछि पहिलो पटक क्यामरनले युरोपियन नेताहरुलाई भेट्दैटछन् । उनले ईयूबाट अलग हुने प्रक्रिया कहिले सुरु हुन्छ भन्ने नयाँ प्रधानमन्त्रीमा भरपर्ने बताएका छन् ।
Post a Comment