Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुस्मिता केसी भन्छिन्-‘अनमोल र आकाश मेरा लागि ‘करण-अर्जुन’

‘मैले चलचित्र बनाउँछु भनेर सोची नै रहेकी थिएँ । नेपाली सेनाको छोटो चलचित्र प्रतिस्पर्धामा सहभागी हुँदा मैले निर्देशक श्रीराम महत्तलाई भेटेकी हुँ । उनको सोच सुनेर म खुशी भएँ र ‘म त तिम्रै हुँ’ बनाउने निधो भयो ।’
अनलाइनखबरसँगको एक भेटमा नायिका तथा निर्मात्री सुस्मिता केसी यसरि सुनिइन् । साउन ७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म त तिम्रै हुँ’को प्रचारमा दौडिएकी सुस्मिताले यूवापुस्ताको कथा रोज्नुका कारण यसरि खुलाइन् । ‘अहिले मल्टिप्लेक्समा यूवाहरुको आकर्षण बढ्दो छ । यूवाले रुचाएको खण्डमा चलचित्रले राम्रो व्यापार पनि गर्छ ।’
चलचित्रमा सुस्मिताका छोरा अनमोल केसी छैनन् । तर, उनको नाम निर्मातामा जोडिएको छ । अनमोलको ब्रान्ड चलचित्र प्रचारमा किन भन्ने प्रश्नमा सुस्मिताले भनिन्-‘मेरो छोरा अनमोल हो त मैले अर्कै मान्छेको नाम राख्न मिलेन । फेरि, जतिबेला अनमोल ४ बर्षको थियो त्यतिबेलादेखि नै उसको नाम निर्मातामा छ ।’
अब, एकछिन चलचित्रका नव-नायक आकाश श्रेष्ठसँग वुझौ । आकाश बोल्न अझै पनि लजाउँछन् । उनलाई बोल्दा सुस्मिताले साथ दिनुपर्छ । आकाशलाई सुस्मिता छोरा भन्छिन् । आकाशले भने-‘मैले मामुलाई विश्वास गरेर नै चलचित्र गरेको हो । यो चलचित्रको गीत, कथावस्तु मन परेर काम गरेँ ।’
नयाँ चलचित्र अफर आएको छ भनेर हामीले आकाशलाई प्रश्न गर्‍यौ । तर, जवाफ सुस्मिताले यसरि दिइन्-‘उसलाई ३-४ वटा चलचित्रको अफर आइसकेको छ । एउटा चलचित्रको त चाडै नै घोषणा हुँदैछ । उ मेरो छोरा जस्तै हो । मैले नै गाइड गर्नुपर्छ ।’
सुस्मिताले सानैदेखि आकाशलाई छोरा बनाएकी हुन् । छोरामा क्वालिटी देखेर नै आफूले लिएको उनले बताइन् । सुस्मिताले अनमोल केसी र आकाश श्रेष्ठलाई ‘करण-अर्जुन’को संज्ञा दिइन् । चलचित्र प्रचारमा अनमोलको नाम जोडिदा कतै तपाई छायाँमा त पर्नु भएको छैन भन्ने प्रश्नमा आकाश अकमकमाए । उनले कस्तो प्रश्न हो यो भनेपछि सुस्मिता जवाफ दिन अगाडि सरिन्-‘आफ्नै दाज्यूको नाम आउँदा म किन छायाँमा पर्नु भनेर भन न ।’ सुस्मिताले आकाशलाई सिकाइन् ।
उनले कथावस्तु राम्रो पाएको खण्डमा अनमोल र आकाशलाई एकसाथ पर्दामा ल्याउने सपना पनि देखेकी रहिछन् । ट्रेलर सार्वजनिक भएपछि आएका विभिन्न खालका अड्कलबाजीमा सुस्मिता मौन बसिन् । उनले अहिले नै कथावस्तु केहि भन्न नमिल्ने बताइन् । ‘तर, जतिले चलचित्र हेरेका छन् सबै रोएको देखेकी छु’, सुस्मिताले थपिन् ।
चलचित्रमा सुस्मिता आफू पनि देखिएकी छिन् । उनले अरु कलाकार राख्न मिल्दैनथ्यो भन्ने प्रश्नमा भनिन्-‘किन नमिल्नु, मिल्थ्यो नि । तर, यो पात्रमा कथा लेख्दा लेख्दै म आफू पनि भिजिसकेकी थिएँ ।’
आकाश कम बोले । जसले चलचित्रको कथावस्तु राम्रो लागेको खण्डमा आफूले अफर आएको काम गर्ने बताए । यता, सुस्मिता भने चलचित्र हेर्नुपर्ने कारणलाई यसरि बयान गर्दै थिइन्ः
१. स्टोरी एकदमै फरक छ । 
२. कलाकारहरु नयाँ छन् तर ट्यालेन्ट छन् ।
३. मेकिङमा कुनै संझौता गरेकी छैन ।
अनमोललाई पिता भूवन केसी र आमा सुस्मिता केसीले तानातान गरेको चर्चा मिडियामा भैरहेको छ । तर, यसबारेमा सुस्मिता भन्छिन्-‘उसलाई त मैले कतै पनि तानेकी छैन ।’

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget