Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

फेरी एक पटक सत्ताको खेलमा धोखा , प्रचण्डको यु टर्न

काठमाडौ , वैशाख २३ गते । नेपाली कांग्रेसले सत्ता परिवर्तनका लागि भएको सबै प्रयासमा एकीकृत नेकपा माओवादीले धोका दिएको जनाएको छ। ‘पार्टीले मानेन भन्दै एमाओवादीले धोका दिएको छ,’ एमाओवादीसँगको बैठकपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पहिलोपोस्टसँग भने।

कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने एमाओवादीको तयारी स्वरुप आजै अविश्वासको प्रस्ताव लैजाने सहमति एमाओवादी र कांग्रेसबीच भएको थियो। ’हामीसँग आज सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव लैजाने सहमति भएको थियो,’ निधिले भने।

निधिका अनुसार पार्टीले मानेन भन्दै प्रचण्ड ब्याक भएका हुन्।


हिजोमात्रै सरकारले काम गर्न नसकेको भन्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेका थिए। उनको निर्णयलाई पार्टीको स्थायी समितिले पास गर्दै कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्ने तय गरेको थियो।

स्थायी समिति बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पुगेका प्रचण्डलाई ओलीले उनीहरुका माग सबै पूरा गर्ने आश्वासन दिएका थिए। १ महिनाअघि सरकारले काम गर्न नसकेको भन्दै एमाओवादीले मागपत्र नै बुझाएको थियो।

हिजो बिहान एकाएक सरकार छाडेर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहालले ‘कांग्रेसले सहयोग गर्ने भयो’ भनेका थिए। तर २४ घन्टामा उनले गरेको निर्णय उल्टिएको छ। त्यसलाई नेपाली कांग्रेसले ‘धोका’ भनेको छ।

रमाइलो त के छ भने जतिखेर कांग्रेसले धोका र एमाओवादीले सरकार नछाड्ने धारणा सार्वजनिक भयो त्यतिखेर कांग्रेस र एमाओवादीका नेताहरु व्यवस्थापिका संसदमा सरकार फेर्नैपर्ने धारणा दिइरहेका थिए।

कृषि मन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले  एमालेसँगको छलफलमा अहिलेकै सरकारलाई निरन्तरता दिने समझदारी भएको बताए। ' बिहान एमाले उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष बस्नुभएको थियो, यही सरकारलाई निरन्तरता दिने समझदारी बन्यो' उनले भने। 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget