Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ओलीलाई धेरै समय काँधमा बोकेर हिँड्न सकिँदैनः वर्षमान

काठमाडौं , वैशाख २१ गते । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको विकल्प खोज्न थालेका बेला सत्तारुढ एकीकृत नेकपा माओवादीले पनि आफूले सरकारको विकल्प खोजिरहेको बताएको छ ।

एमाओवादी सचिव वर्षमान पुनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै समय काँध थापेर हिँड्ने पक्षमा नरहेको बताएका छन् ।
रिपोर्टस क्लबले मंगलबार काठमाडौमा गरेको साक्षात्कारमा बोल्दै पुनले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बरु सुशासन र आपूर्तिको अवस्था झनझन बिग्रँदै गएको गुनासो गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सुधार नगरे पार्टी सरकारबाट बाहिरिने पुनले बताए । उनले पार्टीको स्थायी समिति बैठकले नै सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिसकेको तथा सरकारको विकल्प खोज्ने बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेको समेत बताए ।
सचिव पुनले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्ट दलहरुसँग वार्ता गर्नुको साटो प्रधानमन्त्री ओली भाषणबाजी, भोजभतेर र शिलान्यासमा रमाएको आरोपसमेत लगाए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री ओलीमाथि भूकम्प प्रभावित जनता त्रिपालमुनि बस्न बाध्य भइरहेको अवस्थामा राजा महाराजाको शैलीमा विमान चार्टर गरेर विदेश घुम्नमा रमाएको तथा मितव्ययितालाई पूरै बेवास्ता गरेको आरोप लगाए ।
एमाओवादी नेता पुनले सरकारका कामकारवाही प्रभावकारी नभएको विषयमा सामूहिक छलफलका लागि पार्टीले पत्र नै लेखेर आग्रह गरेको तर प्रधानमन्त्री ओलीले पत्रको जवाफ समेत नफर्काएको रहस्य समेत खोले ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget