Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बारम्बार वीर्य फाल्नेलाई प्रोटेस्ट क्यान्सर संभावना कम



बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून  हुने  एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् ।
१८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो ।
अध्ययन अनुसार महिनामा कम्तिमा पनि २१ पटक वीर्य निस्काशन गर्ने २० वर्ष पुगेका पुरुषलाई महिनामा ७ पटक मात्र वीर्य फाल्ने पुरुषको तुलनामा प्रोस्टेट क्यान्सरको न्यून सम्भावना रहेको थियो । ४० वर्षको उमेरमा बारम्बार वीर्य फाल्ने मध्ये २२ प्रतिशतलाई सो क्यान्सरको सम्भावना थोरै देखिएको थियो ।
‘वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो,’ अध्ययन टोलीका नेता जेनिफर रिडर भन्छन् ।
‘वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ,’, रिडर भन्छन् । १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरका मुख्य कारक रहेको युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई छ ।
वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न रिडर र उनका सहकर्मीले सहभागीलाई उनीहरुको यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाएका थिए । अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो । सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले  १३ देखि २० पटक फाल्ने बताएका थिए । - स्वास्थ्य खबर पत्रिकाबाट 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget