Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राजविराज नपाका कर्मचारीहरु धर्नामा, कार्यालयबाटै सञ्चालित विकासीय योजना र कार्यक्रमको छानविनको माग


राजविराज , वैशाख २२ गते    आफ्नै कार्यालयद्वारा संचालित योजनाहरुमा अनियमितताको भन्दै विकासीय योजना र कार्यक्रमको छानविनका माग गर्दै राजविराज नगरपालिकाका कर्मचारीहरुले मंगलवारदेखि कार्यालय परिसरमा धर्ना सुरु गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समितिको अगुवाईमा कर्मचारीहरु विहान साढे १० वजेदेखि २ घण्टा धर्ना बसेका हुन् । कार्यालय समय सुरु हुनासाथ कार्यालय हाताभित्रको बरण्डामा धर्ना बसेका कर्मचारीहरुले २ घण्टासम्म अत्यावश्यक सेवा बाहेक कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारे । एशोसिएशनका ईकाई अध्यक्ष उमेश प्रसाद यादवकाअनुसार धर्नामा वस्नु कर्मचारीहरुको बाध्यता हो । ‘तीन महिनादेखि लगातार आन्दोलनमा छौं, तर हाम्रो कुरा सुन्न कोहि तयार भएन’ उनले भने– ‘आफैं खोजी गरेर छानबिन गर्नुपर्ने अवस्थामा हामीले देखाईदिँदा पनि सम्वन्धित निकाय सुन्न र हेर्न तयार नभएपछि बाध्यतावस धर्नामा बसेका हौं ।’ उनका अनुसार बुधवारदेखि माग सुनुवाई नभएसम्म हरेक दिन १ घण्टाका दरले धर्नाको समय थपिँदै जाने र वैशाख २८ गतेदेखि कार्यालयका सम्पूर्ण काम रोकेर धर्ना बस्ने कार्यक्रम तय गरिएको छ । यस विषयमा कर्मचारीहरुले सोमवारै कार्यकारी अधिकृत गुरुङलाई ज्ञापनपत्र बुझाएर आन्दोलनका थप कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सामान्य प्रयासमा माग सम्बोधन हुने अपेक्षासहित असहयोग आन्दोलन गरिरहेपनि कर्मचारीको कुरा सुन्न कोही तयार नभएपछि बाध्यतावस आन्दोलनको शैली परिवर्तन गर्नुपरेको अध्यक्ष यादवले वताए । एशोसिएशनले नगरपालिकाको हित, कर्मचारीहरुको हक तथा वृत्ति विकासका लागि माघ २७ गतेदेखि ७ बुँदे माग राखी आन्दोलन गर्दै आएकोमा उक्त माग उपर कुनै वास्ता नभएको उनले गुनासो गरे । कार्यकारी अधिकृत गुरुङ शाखा प्रमुखहरुलाई वेवास्ता गरेर कार्यालयको संरचना ध्वस्त पारेको, नगरपालिकाको सभाहल प्रक्रिया बिना नै भत्काएर आन्तरिक आय शुन्यमा झारेको, सभाहल भत्काउँदा निस्किएको ईटा, काठ तथा अन्य सामग्री अपचलन गरेको, कार्यालयलाई भर्तिकेन्द्र बनाएको, शाखा प्रमुखहरुलाई जानकारी नै एक शाखाको कर्मचारी अन्य शाखामा पठाई काम प्रभावित बनाएकोलगायतका विषयमा कर्मचारीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । यसैगरी वारुणयन्त्र, जेसिवि लगायतका साधनको अपार्दर्शी प्रयोग बढेको तथा कार्यालयको सवारी निजी काममा अधिक प्रयोग गर्ने प्रवृत्तिले नगरमा आर्थिक भार बढेको लगायतका विषयमा समेत कार्यकारी गुरुङसँग कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् । कार्यकारी गुरुङले अनियमित रुपमा संचालन गरेका विकासीय योजना तथा कार्यक्रमका विषयमा लिखित रुपमै जिल्ला प्रशासन कार्यालयमा जानकारी दिई छानविनको आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनको स्वरुप परिवर्तन गरिएको अध्यक्ष यादवले वताए । - विद्यानन्द विक्की , रातोपाटिबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget