Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

माओवादी एकता जेठ दोस्रो साता भित्र

काठमाडौँ, बैसाख ३० गते ।  बिभाजित माओवादीलाई एउटै पार्टीमा ल्याउन कसरत नेताले जेठको दोस्रो साता भित्र पार्टी एकता घोषणा गर्ने भएका छन् । 



माओवादी घटक दलहरुको बुधवार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले आन्तरिक तयारी पूरा गरी जेठ दोस्रो साता पार्टी एकता घोषणा गर्ने निर्णय गरेका हुन् । पार्टी एकतापछि आयोजक समिति बनाएर अगाडि बढने समझदारी पनि उनीहरुबीच भएको छ ।

दाहाल नेतृत्वको एमाओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मात्रिका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी छोडेका टेकबहादुर मिजार, माओवादी विभाजनपछि पार्टीबाट बाहिरिएकी जयपुरी घर्ती सहभागी रहेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेका हुन् ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टी एकताका लागि प्रस्ताव गरेका ११ बुँदालाई समेत समेटेर अन्य माओवादी घटक दलले १२ बँुदे समझदारी बनाएका छन् ।

‘त्यो समझदारीको बुँदा अझै थपघट हुन सक्छ’ बैठकमा सहभागी एक नेताले अन्नपूर्णसँग भने, ‘जेठ २ गतेसम्म क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई कुर्ने समझदारी बनाइएको छ ।’

पार्टी एकताका बारेमा पार्टी भित्र विवाद भएपछि वैद्यले एक महिनादेखि स्थगित गर्दै आएको केन्द्रीय समितिको बैठक जेठ २ गते बोलाएका छन् ।

‘पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी आन्दोलनमा अगाडि बढने’ समझदारी वैद्य बाहेकका नेताको बैठकले बनाएको छ । वैद्यले पुँजीवादी जनवादी क्रान्तिले पूर्णता प्राप्त नगरेको दाबी गर्दै आएका छन् भने एमाओवादीले पुँजीवादी जनवादी क्रान्ति पूरा भएको विश्लेषण गर्दै आएको छ ।

‘संसदीय व्यवस्था प्रतिक्रियावादी नै हो । यसको उपयोग गर्दै सडक, सदन र सरकार मार्फत भण्डाफोर गर्दै बढने सझदारी भएको छ’, ती नेताले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता बिषय जनयुद्ध र जनआन्दोलनका सीमित उपलब्धी हुन् । ती उपलब्धीलाई आत्मसाथ गर्दै थप उपलब्धीका निम्ति संघर्ष गर्दै अगाडि बढने समझदारी भएको छ ।’

एकताका पक्षमा उभिदै आएका क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापाले वैद्यलाई आफूहरुले अगाडि सारेका प्रस्तावमा सहमति जनाउन थप छलफल गर्ने समझदारी पनि नेताबीच भएको छ ।

‘साथीहरुसँग सल्लाह गर्छु’ भन्ने वैद्यको जवाफ पनि थापाले बैठकमा सुनाएका थिए । एमाओवादी अध्यक्ष दाहालले तयार गरेको मस्यौदा प्रस्तावमा समझदारी बनाएर आआफना पार्टीमा जेठ ५ गतेसम्म सहमति जुटाउने निर्णय नेताहरुले गरेका छन् ।

‘साझा सहमतिका बुँदालाई सबै पार्टीले आ आफना बैठक राखेर पारित गर्नेछन्’ ती नेताले भने ‘जेठको दोस्रो सातासम्म सबै माओवादी सम्मिलित आयोजक समिति बन्नेछ ।’

एमाओवादी स्थायी समितिको बुधवार लाजिम्पाटमा बसेको बैठकले माओवादी घटक दलहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । एमाओवादीले साझा सहमतिका बुँदालाई पारित गराउन जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

‘पार्टी एकताका लागि माओवादी घटक दलका बीचमा दुई पक्षीय र बहुपक्षीय छलफल भइरहेका छन् प्रस्तावहरु आदान प्रदान भइरहेका छन्’ दाहालका स्वकीय सचिव जोखबहादुर महराले अन्नपूर्णसँग भने ।

उनका अनुसार माओवादी घटक दलहरुका वीचमा बैचारिक, राजनीतिक र साँगठनिक बिषयमा छलफल भइरहेको छ ।




  • अन्नपुर्ण पोस्ट बाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget