Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रकृति चिनाउँदै पञ्चासेका कला



 काठमाडौ , वैशाख २९ गते । प्रकृति आफैंमा कलात्मक हुन्छ । त्यसलाई दक्ष कलाकारले आफ्नो सिर्जनामा उतार्दा यसको सौन्दर्यमा अझ निखार आउँछ । नेपाल आर्ट काउन्सिलको ग्यालरीमा प्रदर्शन भइरहेका कलामा विभिन्न कलाकारले प्रकृतिको सुन्दरतालाई आफ्नो सिर्जनामा उतारेका छन् ।

ग्यालरीमा सञ्चालन भइरहेको ‘पञ्चासे’ शीर्षकको कला प्रदर्शनीको उद्देश्य प्रकृति, वन्यजन्तुको संरक्षण र प्रवद्र्धन गर्नु पनि हो । आरएफडब्लूभी नामक संस्थाले ‘वन्यजन्तु र मानवको सहअस्तित्व’ भन्ने नारालाई अघि सारेर प्रदर्शनी आयोजना गरेको हो ।


१६ कलाकारको सहभागितामा पञ्चासे, भदौरी र भन्ज्याङमा आयोजित कार्यशालाका कलाकृतिलाई प्रदर्शन गरिएको हो । एक्रेलिक माध्यममा सिर्जना गरिएको चित्रमा प्रकृतिसँग सम्बन्धित रही कलाकारले स्थानीय वातावरण, मौलिक वास्तुकलाजस्ता विषयलाई समेटेका छन् ।

पञ्चासे फूलको चित्र बनाएकी कलाकार अनिता भट्टराईले फूल प्रकृतिले दिएको सबैभन्दा राम्रो उपहार भएको बताउँछिन् । ‘फूलबिनाको जीवनको कुनै अर्थ हँुदैन जस्तो लाग्ने भएकाले मैले कार्यशालामा फूलको चित्रलाई प्राथमिकता दिएको हो’, उनले भनिन् ।

कलाकार विनोद प्रधानको गोलोघर र दृश्यचित्र कलाकार सुनिता राणाको पञ्चासेको दिनचर्या प्रदर्शनीका आकर्षण हुन् ।

कलाकार जीवन राजोपाध्याय, डी राम पाल्पाली, प्रधी राणा, एरिना ताम्राकार, पोखरेली कलाकार एलपी गुरुङ, ध्वज गुरुङलगायतका कलाकारका सिर्जना प्रदर्शनीमा समावेश गरिएको छ । केही अघि चितवनमा आयोजित कार्यशालाका चित्रसमेत समावेश गरिएको प्रदर्शनीमा एक सय सात थान कलाकृति छन् । प्रदर्शनी मंगलबारसम्म सञ्चालन हुँदैछ । - अन्नपूर्ण पोस्टबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget